नेकपा (क्रान्तिकारी माओवादी) निकट जवसमोर्चाले गर्यो एसपीपी विरुद्ध काठमाडौंमा प्रर्दशन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट जवसमोर्चाले एसपीपी सम्झौता विरुद्ध काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । शान्तिबाटिका देखि एमसिएको कार्यलय होटल याक एण्ड यति पुगेर कोणसभामा परिणत भएको थियो ।

पर्दशनमा सहभागिले नेपाललाई अमेरिकाको सैनिक रणनितिमा समेल गराउने खेल हुन लागेको भन्दै विरोध जनाएका थिए । नेपालको सार्वभौमिकता र असंलग्न पराराष्ट्र नितिलाई उल्लंगन गर्ने कसैलाई अधिकार नरहेको भन्दै सबैखाले वैदेशिक हस्तक्षेपको विरुद्ध क्रान्तिकारी माओवादीले आन्दोलन गर्नै बताए ।

प्रर्दशनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल तथा नेकपा (क्रान्तिकारी माओवादी) निकट जनवर्गीय तथा मोर्चा संगठनहरुको सहभागिता रहेको बैद्य निकट विद्यार्थी संगठनकी केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्