बंगबन्धु रग्बी सिरिजका लागि नेपाली रग्बी टोली बंगलादेश तर्फ पस्थान

काठमाडौं । बंगलादेशसँगको रग्बी सिरिज ‘फिफ्टिन ‘ए’ साइडमा प्रतिस्पर्धा गर्न नेपाली रग्बी टोली आज (शनिवार) बंगलदेश तर्फ पस्थान गरेको छ । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी सिरिज ‘फिफ्टिन ‘ए’ साइडमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले आगामी मंगलबारदेखि दुई दिनसम्म बंगबन्धु रग्बी सिरिज खेल्दै छ । जहाँ नेपालले घरेलु टोली बंगलादेशसँग ढाकास्थित आर्मी स्टेडियममा सेभेन ‘ए’ दुई खेल र फिफ्टिन ‘ए’ साइड गरी एक खेल खेल्नेछ । सेभेन्समा नेपालले सात वर्षदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै आए पनि फिफ्टिनमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई राखेप सदस्य सचिव टंकलाल घिसिङ लगाएतले एक कार्यक्रमकाबीच बिदाइगरेका थिए ।टोली आज (शनिवार) बंगलादेश पस्थान गरेको हो ।उनीहरूलाई नेपाल रग्बी संघका कार्यवहाक अध्यक्ष दीपक देवकोटाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थिल पुगेर विदाइ गरे ।

नेपाली टोलीका कप्तान कृष्ण क्षेत्रीले नयाँ र युवा प्रतिभावान् खेलाडीको समिश्रणले टिम बलियो रहेकाले राम्रो प्रतिस्पर्धा गर्ने बताए । ‘यस पटक सिनियर खेलाडी सात जना छौं । अधिकांश नयाँ खेलाडी छन् । तथापि, सबै क्षमतावान् भएकाले राष्ट्रिय टिममा परेका हुन्,’कप्तान क्षेत्रीले भने, ‘हामीले एक महिनादेखि तयारी गरेका छौं । राम्रो चुनौती प्रस्तुत गर्नेमा आशावादी छु ।’ कप्तान क्षेत्रीले सेभेन्समा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेकाले सुखद नतिजा हात पार्ने विश्वास व्यक्त गरेका छन् ।

‘सेभेन्समा अनुभवी छौं । त्यसैले राम्रो प्रदर्शन हुनेछ । यद्यपि, यहाँको तुलनामा बंगलादेशमा अत्यधिक तापक्रममा खेल्नुपर्ने भएकाले केही कठिन भने हुन सक्छ,’कप्तान क्षेत्रीले भनेका छन् ।

साथैले नेपालमा अन्तर्राष्ट्रिय रग्बी सिरिज गर्न राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले विपक्षी कस्तो छ भन्दा पनि हामी हराउन सक्छौं भन्ने आत्मविश्वासका साथ खेले जित सम्भव रहेको प्रतिक्रिया दिए । ‘हामीमा विपक्ष टोलीलाई हराउन सक्ने आत्मविश्वास छ र त्यो आत्मविश्वासलाई हामी जितमा बदल्नेछौं,’अध्यक्ष देवकोटाले भने । सो अवसरमा संघले राष्ट्रिय टोलीको जर्सी प्रयोजक फिटवेल स्पोर्ट्स वेर कम्पनीसँग दुई वर्षको सम्झौता गरेको । त्यसबापत कम्पनीले दुई वर्षसम्म नेपाली टोलीलाई जर्सी प्रदान गर्नेछ ।

संघका कार्यवहाक अध्यक्ष दीपक देवकोटा र कम्पनीका डाइरेक्टर मुनाल भारतीबीच सोही अवसरमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । क्षेत्रीको कप्तानीमा रहने नेपाली टोलीमा विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, प्रेम कोइराला, विक्रम पुरी, विक्रम भारती, सुरज चौधरी, शेरबहादुर वली, रोशन घर्ति, निरोज कार्की, नवीन महर्जन, बिबेश बासु, सञ्जीव कुँवर, रमितबहादुर मल, यदु अधिकारी, अमर सिंह श्रेष्ठ, सुमन चौलागाई, पूजन फेवाली, जुकेन्द्र राई, रामकिशोर चौधरी, सुजन कुमाल र हुतराज प्रधान छन् । प्रशिक्षकमा टंकराज गिरि, म्यानेजरमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् ।

बंगलादेशमा नेपालको तुलनामा अत्याधिक गर्मि भएकोले जुन २२–२३ मा हुने प्रतियोगिताका लागि अभ्यास खेल खेल्ने र वातावरणसँग घुलमिल हुने गरि तयारी गरिएकोले टोली जुन १८ मै बंगलादेश पस्थान गरेको नेपाल रग्बी संघकी महिला प्रमुख एलिसा थापाले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्