नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले मलेसियालाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले १५ रन जोडिन् ।

नेपालकी विन्दु रावलले ११ रनको योगदान गरिन् । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् । आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ । नेपाल लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

कमेन्ट गर्नुहोस्