‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’

काठमाडौं । कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा नो भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा गरेको ३० औ सुदीप्त क्यान्सर सर्भाइबर मिटमा क्यान्सर निको भएका व्यक्तिहरुले क्यान्सरको उपचार सम्भब भएको बताए ।

क्यान्सरको उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमाथि जोड दिंदै उनीहरुले नेपालमै अन्तराष्ट्रियस्तरको क्यान्सरको उपचार हुने जनाए । त्यसकारण क्यान्सर भएकाहरुले आआफनो मनोवल नगिराउन उनीहरुले सल्लाह दिए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भटराइले क्यान्सरबारेको जनचेतना अझै व्यापक बनाउनुपर्ने आवश्यकता औल्याए । क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सवै विरामीलाई सल्लाह दिए ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदीप्त क्यान्सर सर्भाइबर मिटका सयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उतर रहेको भन्दै खुशीसाथ जीवन विताउन सुझाइन् । क्यान्सर रोग निको हुने रोगमा रहेको भन्दै उनले ठीक समयमा नेपालमै उपचार गरेर खुशीसाथ नयाँं जीवन जिउन सवैलाई सुझाब दिंदै क्यान्सर रोग निको हुने रोग रहेको जनाइन् । साथै यसका लागि हरेक महिना यस्ता कार्यक्रमहरु गर्दै आएको र भविष्यमा गर्दै गई सवैको मनोबल बढाउने काम गर्न कार्य क्रम गरिरहने जानकारी उनले दिइन् ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले आफूले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ व्र्ष भएको अनुभब सुनाउँंदै नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार हुने अस्पताल रहेको जनाए । महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रुपमा लैजाने योजना रहेको सुनाए ।

कार्यक्रममा २५ वर्ष भन्दा वढी सयमदेखि क्यान्सरलाई परास्त गरी रोगबाट मुक्त भएका दजर्नाै व्यक्तिहरुले क्यान्सर हुनबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनुपर्ने अवस्था नरहेको अनुभब सुनाए । उनीहरुले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा विशेष सचेतना अपनाउन सुझाए । कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका झण्डै तीन दर्जन व्यक्तिहरुले आआफनो अनुभब सुनाउँदै क्यान्सर भए पनि निको हुने र मनोबल उच्च राख्न र यसबाट नडराउन अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्