अखिल नेपाल फुटबल संघको चुनावी साधारण सभा भोलि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा भोलि (सोमबार) हुने भएको छ । सोमबारको साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षका लागि तीन जना चुनावी मैदानमा रहेका छन् ।

वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा दोस्रो कार्यकालका लागि पूरा प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन । हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ पनि प्यानलसहित मैदानमा छन् । फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि एन्फा अध्यक्षको लागि उम्मेदवारी दिएका छन् ।

एन्फा कार्यसमितिको लागि कुल ५४ जनाले उम्मेदवारी दर्ता गराएकोमा २ जनाको उम्मेदवारी भने रद्द भएको छ । एन्फाको २१ सदस्यीय कार्यसमितिको लागि ८४ जना मतदाता कायम भएको छ । साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ जना महिलासहित १५ सदस्य निर्वाचित गर्ने छ ।

कमेन्ट गर्नुहोस्