काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् ।
सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएको जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए ।
बाइडेनले उठेर आफू ठीक रहेको बताएका थिए । ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठीक रहेको र कुनै चोट नलागेका जनाएका छन् ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
Here’s footage I took of President @JoeBiden falling over on his bike this morning in Rehoboth. pic.twitter.com/hCt1af0pFU
— Nikki Schwab (@NikkiSchwab) June 18, 2022