शेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं। आज (सोमबार) शेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेप्से ४९ अंकले घटेर १८८४ दशमलव ८१ विन्दुमा पुगेको हो । दोस्रो कारोबार दिन सेन्सिटिभ सूचक पनि ७ दशमलव ६६ अंकले घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि उत्साह आउन सकेको छैन । यसदिन २३० कम्पनीका ६१ लाख ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

अधिकांश कम्पनीको मूल्य नकारात्मक रहेको अवस्थामा आँधीखोला लघुवित्त वित्तिय संस्था र सी वाई सी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमा पोजेटिभ सर्किट लागेको हो ।

आँधीखोलाको ६५ रुपैयाँले बढेर ७२१.९० पुगेको हो । १० प्रतिशतले बढेको कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै सी वाई सी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमा पनि पोजेटिभ सर्किट लागेको छ । संस्थाको शेयर मूल्य ४५ रुपैयाँले बढेर पाँच सय रुपैयाँ ३० पैसा पुगेको हो ।

कमेन्ट गर्नुहोस्