अखिल(क्रान्तिकारी)त्रि–चन्द्रद्धारा नवआगन्तुक विद्यार्थीलाई सिलेवस वितरण

काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पस कमिटीले स्नातक तह वि.एस्सी प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुलाई प्रथम वर्षको सिलेवस वितरण गरेको छ । नव आगन्तुक विद्यार्थीलाई प्रथम वर्षमा पढाई हुने विषयवस्तुको सुरुमै जानकारी होस र अध्ययनमा सहयोग पुगोस भनेर सिलेवस वितरण गरिएको अध्यक्ष सन्दीप पुडासैनीले जानकारी दिए ।

 

सिलेवस वितरणसँगै क्रान्तिकारी त्रि–चन्द्रले संगठन विस्तार पनि गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पस कमिटीले आज विहानी सत्रको कक्षा कमिटीहरु निर्माण गरेको छ । त्रि–चन्द्र क्याम्पस कमिटीले १५५ जना नवआगन्तुक विद्यार्थीलाई अखिल(क्रान्तिकारी)को सदस्यता दिएको हो ।

कमेन्ट गर्नुहोस्