रविकाे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र इयूको झण्डा मिल्दोजुल्दो

काठमाडौं । कार्यक्रम पस्तोता रवि लामिछानेले आज एक विशेष कार्यक्रम गरी नयाँ पार्टी खोलेका छन् । उनले खोलेको पार्टीको झण्डा भने युरोपियन युनियन (इयू) को झण्डासँग मिल्दोजुल्दो रहेको छ ।

सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताएका छन् । मंगलबार काठमाडौँको राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले जनतालाई कुनै ठुला सपना नबाँड्ने तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।


अरू पार्टीभन्दा आफ्नो पार्टी फरक हुने दाबी गरेका लामिछानेले प्रमुख पार्टी र तिनका नेताहरूबाट कुनै आशा नभएकाले नयाँ पार्टी खोल्नुपरेको दाबी गरे । उनले नयाँ पार्टी भ्रातृ संगठन र कार्यकर्ताविहीन हुने समेत बताए । केहीअघि अमेरिकाको ग्रिन कार्ड त्यागेका लामिछानेले आफ्नो दललाई अमेरिकी मोडलअनुसार नै क्रियाशील गराउने जमर्को गरेको देखिन्छ । भने झण्डा इयूको जस्तो राखेका छन् ।

चुनाव चिन्ह घण्टी राखेको उक्त दलको केन्द्रिय कार्यालय काठमाडौंको बसुन्धारमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्