भारतमा पहिलोपटक आदिवासी महिला बनिन राष्ट्रपतिको उम्मेदवार

नयाँ दिल्ली । भारतको राजनीतिक इतिहासमा पहिलोपटक आदिवासी समुदायबाट महिला राष्ट्रपति उम्मेदवार बनेकी छिन् ।

सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सबाट आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति उम्मेदवार घोषणा गरिएको हो ।

उनी झारखण्डकी पूर्व राज्यपाल (प्रदेश प्रमुख) पनि हुन ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार उनको उम्मेदवारीमा सहमति भएको घोषणा गरेका थिए ।

उम्मेदवारी घोषणापछि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गर्दै प्रतिक्रिया व्यक्त गरेका छन् श्रीमती द्रौपदी मुर्मूले आफ्नो जीवन समाजको सेवा र गरिब, दलित तथा सीमान्तीकृत जनतालाई सशक्त बनाउन समर्पित गरेको भन्दै मोदीले भनेका छन्, उनीसँग प्रशासनिक अनुभव छ र उनको कार्यकाल समेत उत्कृष्ट रहेको थियो । उनी हाम्रो देशको महान राष्ट्रपति बन्ने मलाई विश्वास छ ।

विपक्षी दलहरुले भने यशवन्त सिन्हालाई राष्ट्रपति पदको उम्मेदवार बनाएका छन् ।

कमेन्ट गर्नुहोस्