हडतालले अस्त वेस्त बनेपछि झुके प्रधानमन्त्री जोन्सन, रेलवे कामदारसँग सम्झौता गर्न तयार

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रेलवे कामदारहरूको मागको विषयमा छलफल गरी सम्झौता गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।

बेलायतमा रेलवे कामदारको नेटवर्कले गरेको तीन दशक यताको ठूलो हडतालकाबाट अस्त व्यस्त बनेपछि प्रधानमन्त्री जोन्सन सम्झौता गर्न तयार भएका हुन। । यसअघि आकस्मिक बैठक बसेर निर्णय गरिने बताएका थिए ।

रेलवे कामदारहरूले तलब भत्ता वृद्धि र आफूहरूको जागिर सुुरक्षित गर्न माग गर्दै हडताल आह्वान गरेका हुन् । रेलका यात्रुको हडतालमा हजारौंको सहभागिता रहेको छ । रेल र लन्डन भूमिगत स्टेसन मंगलबार बिहान बन्द, भएपछि मानिसहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्