एमाले केन्द्रीय कमिटी बैठक तत्काल नबस्ने ,हरायो घनश्यामलाई कारबाही गर्ने कुरा

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक तत्काल नबस्ने भएको छ । गएको ३० जेठमा सचिवालयको बैठक बसेको थियो ।

उक्त बैठकले स्थानीय चुनावमा पराजयबारे सामान्य छलफल गरेको छ । पार्टीभित्र अन्तर्घात भएको र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले सिट संख्या घटेपनि एमाले प्रमुख शक्तिमा कायमै रहेको निष्कर्ष सचिवालय बैठकले निकालेको थियो । अन्तरर्घात गर्ने र पार्टीमा फरक बिचार राख्दै एमालेमा कोत पर्व हुने अभिव्यक्ति दिएका घनश्याम भुसाललाई कारबाही गर्ने कुरा एमालेमा सेलाउदै गएको छ ।

यसरी एउटै पार्टीमा बसेर नीति विरुद्ध बोल्ने र आफ्नै उम्मेदवारलाई चुनाव हराएर गठबन्धनलाई बलियो पार्नेहरुलाई कारबाही गर्न नसक्दा सांगठानि अराजकता हाबी हुने भन्दै केहि नेताहरुले असन्तुष्टि जनाएका छन् ।

तर चुनावबारे स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा भने छलफल भएको छैन । अध्यक्ष केपी शर्मा ओली निकट एक नेताका अनुसार, तत्काल कुनै पनि बैठक नराखिने भएको छ । ‘असार अन्तिम वा साउन पहिलो सातातिर बैठक बस्न सक्छ । तत्काल बस्ने अवस्था देखिदैन’, ती नेताले भने ।

०७४ को स्थानीय चुनावमा २९४ स्थानीय तह जित्दै पहिलो शक्ति बनेको एमाले गएको ३० वैशाखको चुनावबाट भने दोस्रो दलमा खुम्चिएको छ । ७५२ मध्ये नेपाली कांग्रेसले ३२९ सिट जित्दा एमालेले २०५ सिट मात्रै जितेको छ ।

कमेन्ट गर्नुहोस्