‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

बुधबार भरतपुर वडा नंं ७ मध्यविन्दु टोलस्थित प्रेमवस्ती कवर्ड हलको शिलान्यस कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।
भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पदर्शशिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले भनाई थियो ।

‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, उनले भनिन् ,‘यसको लागि म ऋणी छु । यो मेरो मेयरको रुपमा अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’

विकासका लागि महत्वकांशी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको स्मरण गरिन् ।
‘विकासका लागि महत्वकांशी हुनु पर्छ, उनले भनिन् ‘ महत्वकांशी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिया हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परे भए यति विकास हुने थिएए । स्रोतको सुनिश्चिता नहुँदा नहुँदा पनि धेरै काम अगाडि बढाएका थियौ।’

मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गरिन् ।

सो कुराकानीका बारेमा असार ३ गते आयोजना भएको बृहत विकास सम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मुक्तकण्डले मेयर दाहालको प्रशंसा गरेका थिए ।

उपाध्यक्ष पौडेलले मतगणनाको नतिजा नआउदै यो बजेट, यो समपुरक, यो कार्यक्रम, यो विषेश अनुदान, यो दिनुपर्छ, यो हुनुपर्छ भनेर फोन गर्नुभएको कुरा उल्लेख गरे।

उपाध्यक्ष पौडेलले मेयर दाहालको विकासप्रति हुटहुटीले भरतपुरको विकास सम्भव भएको विचार व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्