श्रीमतीबाहेक सेक्स गरे ७ वर्ष जेल सजाय, कतारले जारी गर्यो नयाँ नियम

काठमाडौं । विश्वकप क्रिकेटको तयारी युद्धस्तरमा चलिरहेको बेला आयोजक राष्ट्र कतारले दर्शकहरुका लागि विशेष नियम जारी गरेको छ ।

इस्लामिक देश कतारमा यौनसम्बन्धका बारेमा कडा कानुन रहेको बेला विश्वकप क्रिकेटको समयमा हुन सक्ने यौनसम्बन्धलाई लिएर कडा प्रावधान सार्वजनिक भएका हुन ।

कतारमा श्रीमान र श्रीमतीबाहेक अरुसँग सहमतिमा यौनसम्बन्ध राख्नु पनि अपराध मनिन्छ र यसका लागि कडा सजायको प्रावधान रहेको छ ।

त्यसैले यो विश्वकपको बेला यी नियम नमान्ने दर्शकहरुले जेलको सजाय भोग्नुपर्ने हुन सक्छ । कतारको कानुन अनुसार, यस्तो अपराधमा ७ वर्षसम्म जेलको सजाय हुनसक्छ ।

कतारले फुटबल फ्यानहरुलाई चेतावनी दिँदै खेलको अवधिमा वान नाइट स्ट्याण्ड (एकरातका लागि यौन पार्टनरसँग सम्बन्ध)लाई पूर्णरुपमा प्रतिबन्ध लगाएकोले यसमा संलग्न भएको पाइएमा सात वर्षसम्म जेल जानुपर्ने बताएको हो ।

डेली स्टार समाचार संस्थाले कतार प्रहरीलाई उद्दृत गर्दै यदि यी काम गरेको खण्डमा उक्त अवधिमा यौनसम्बन्ध निकै महंगो पर्न सक्छ भन्ने उल्लेख गरेको छ ।
यतिमात्रै होइन, विश्वकपको अवधिमा होहल्ला हुने पार्टी, खेलपछि रक्सीपिउने पार्टीहरुमा प्रतिबन्ध लगाएको हो ।

खुला रोमान्स कतार संस्कृतिको अंग नभएको बताउँदै विश्वकप आयोजनाका मुख्य कार्यकारी अधिकृत नासिरले दर्शकहरुको सुरक्षा मूख्य कुरा भएकोमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्