कुहिने र नकुहिने फाेहाेर नछुट्ट्याए ५ सय जरिवाना हुने

साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै नछुट्याउनुपर्ने पाँचसय जरिवाना तिर्नुपर्ने भएकाे छ।

काठमाडौं महानगरपालिकाले एक सूचना जारि गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने जनाएको छ।कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्