राजधानीमा ४ जनामा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, राजधानी काठमाडौंमा हैजाले महामारीको रुप लिन सक्ने चिकित्सकले दाबी गरेका छन् । पछिल्ला दिनमा राजधानीमा हैजाका बिरामी भेटिन थालेपछि लापरवाह गरे महामारीको रुप लिने चिकित्सकले चेतावनी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसरा काठमाडौंमा हालसम्म २ जनामा हैजा पुष्टि भइसकेको छ भने ४ जनामा संक्रमणको आशंका गरिएको छ । उनीहरू सबैको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार हैजा पुष्टि भएका २ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

भर्ना भएका बिरामीहरूमा दिनमा तिन चार पटक सम्म चौलानीजस्तै पखाला लाग्दा नै कमजोर बनाउने अवस्था रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा। मनीषा रावलले बताइन । संक्रमणका आधारमा उपत्यकामा हैजा फैलिइसकेको उनले आशंकासमेत गरिन । ‘बिरामीको अवस्था हेर्दा उपत्यकामा २÷४ दिनमै हैजाको प्रकोप थप बढ्न सक्ने आधारहरू देखिएको छ,’ उनले भनिन्, ‘३÷४ पटकसम्म चौलानी जस्तो पखाला भएपछि नै पूरै अशक्त भएर बिरामीहरू अस्पताल आइरहेका छन । ’ हैजाको आंशका गरिएका ४ जनाको दिसाको ‘कल्चर’ रिपोर्ट आउन बाँकी रहेको जानकारी डा। रावलले दिइन ।

उनका अनुसार भिब्रियो कलेरी ब्याक्टेरियावाट संक्रमित दूषित खाना वा पानी पिउँदा हैजा लाग्न सक्छ । महामारीको समय भने हैजा संक्रमित व्यक्तिको दिसाबाट फैलन्छ । संक्रमण भएको २४ घण्टादेखि ५ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । लक्षण देखिएको ३–६ घण्टाभित्रै यसले घातक रूप लिन सक्छ । ‘संक्रमण देखिएपछि बिरामीमा रक्तचाप कम हुन्छ र मुटु तथा मस्तिष्काघात हुने अवस्थासम्म आउन सक्छ,’ उनले भनिन ।

हाल टेकुमा भर्ना भएका संक्रमित र शंकास्पद बिरामीहरूमा स्वास्थ्य जटिलता र ढिलो गरी निको हुने अवस्था देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।पानी वा खाद्य पदार्थमा संक्रमित व्यक्तिको दिसा मिसिँदा यसले अन्य स्वस्थ व्यक्तिमा हैजा सर्न सक्ने भएकाले समयमै सतर्कता अपनाउन नसके हैजाले महामारीको रुप लिनसक्ने टेकु अस्पताल सरुवा रोग विज्ञ डा। शेरबहादुर पुनले बताए । खानपानमा थप सतर्कता अपनाउन पर्ने उनले सुभाव दिएका छन । उनका अनुसार झाडापखालाभन्दा हैजाले स्वस्थ वयस्क व्यक्तिलाई केही घण्टामै मृत्युको नजिक पु¥याउन सक्ने बताउँदै उनले रोग प्रतिरोधक क्षमता कम भएका कुपोषित बालबालिका, एचआईभी संक्रमित, अंग प्रत्यारोपण गराएका, दीर्घरोगीलगायत बढी जोखिम रहेको छ । चिकित्सकहरुका अनुसार खानेपानीमा विशेष ध्यान दिनु आवश्यक छ । डा। पुनका अनुसार जारको पानी पनि कतिपय अवस्थामा सुरक्षित छैन । त्यसैले पानी उमालेर माञ पिउनु पर्छ ।

कमेन्ट गर्नुहोस्