ब्रसल्स। । युक्रेन युरोपेली सङ्घको सदस्यताको प्रत्यासी हुने भएको छ ।
बेल्जियमको राजधानी ब्रसल्समा हुने युरोपेली सङ्घको आगामी सम्मेलनले युक्रेनलाई सदस्यताको प्रत्याशी घोषणा गरिने बिबिसीले जनाएको छ ।
युरोपेली आयोगले युक्रेनले सदस्यताका लागी दिएको आवेदन स्वीकृत भए पछि युक्रेन सदस्यताका लागी प्रत्याशी हुन लागेको हो ।
रुसको आक्रमण पछि युक्रेनले युरोपेली सङ्घको सदस्यताका लागी आवेदन दिएको थियो ।
युरोपेली सङ्घको सदस्यताका लागि प्रत्याशी हुनाले युक्रेनको मनोबल बढ्ने युरोपेली संघका लागी युक्रेनका राजदूतले बताउनु भएको छ ।