बाँके जिल्लाको विकासमा मन्त्री ‘अथक’को सार्थक पहल, १८७ आयोजना कार्यान्वयनको चरणमा (सूचीसहित)

काठमाडौं। बाँके जिल्लाको विकासमा बाँकेबाट संघमा प्रतिनिधित्व गर्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सार्थक पहल गरेका छन् । बाँकेमा आर्थिक वर्ष २०७९–८० मा १ सय ८७ विकासका आयोजनाका लागि बजेट विनियोजन भएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’को पहलमा १ सय ८७ आयोजनका लागि बजेट विनियोजन भएको मन्त्री अथकका स्वकीय सचिव दिलीप सोनी जानकारी दिए।

जसमध्ये सबैभन्दा धेरै खानेपानीको योजना रहेका छन्। खानेपानी मन्त्रालय अन्तर्गतका बाँकेमा ५४ आयोजनाका लागि बजेट विनियोजन भएको सोनीले जानकारी दिए। मन्त्री अथकको मन्त्रालयबाट भने जिल्लामा विभिन्न ११ आयोजनालाई बजेटले सम्बोधन गरेका छ। खेलकुद मन्त्रालयमा आर्थिक वर्ष २०७९–८० बजेट घटेर आएको थियो।

त्यस्तै, बाँकेमा भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत ३८, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत १७, अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत ८, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत८, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत५, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ६, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत ४, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत ८, ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय अन्तरगत १२, शहरी विकास मन्त्रालय अन्तरगत १६ आयोजनाका लागि बजेट विनियोजन भएको छ।

बाँकेलाई सुविधा सम्पन्न बनाउनको लागि मन्त्री अथको निरन्तरको प्रयासपछि आर्थिक वर्ष २०७९–८० मा ठूलो संख्यामा आयोजनाहरू पार्न सम्भव भएको सोनी बताउँछन्। मन्त्री अथक बाँकेको विकास र समृद्धिका लागि निरन्तर लागिपरेको र ती योजनाहरु यो वर्षबाटै कार्यान्वयनमा जाने उनको भनाई छ।

कमेन्ट गर्नुहोस्