कक्षाका सबै विद्यार्थी अनुर्तिण भएपछि आन्दोलन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । कक्षाका सबैजना फेल भएपछि आन्दोलन मा उत्रेको एक विद्यार्थीले बताए ।

त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सबै विद्यार्थी फेल भएपछि आन्दोलन गर्नु परेको उनले बताए । उक्त कक्षामा ७५ जना विद्यार्थी अध्ययन गरेको र परिक्षामा सहभागि भएको भएपनि सबैको रिजल्ट नकारात्मक आएको हो ।

सबै विद्यार्थी फेल हुनुलाई विद्यार्थी भन्दापनि विद्यालयको कमजोरीको रुपमा लिनुपर्ने अभिभावकहरु बताउछन् ।

कमेन्ट गर्नुहोस्