सरकारबाट हटन मन्त्रीहरुले राखे शर्त, एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो बैठक

काठमाडौं । मन्त्री हेरफेर गर्ने विषयले विवाद चुलिएपछि नेकपा एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक बोलाएको छ ।

यसअघि पार्टीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको सूचि प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएको थियो । तर पार्टी निर्णयको बिरोध गर्दै बहालवाला मन्त्रीहरुले भने आपत्ती जनाउँदै आएका छन् ।

यसअघि बिहिबार बसेको बैठकमा बहालवाला मन्त्रीहरुले के का आधारमा बहालवाला मन्त्री हटाउने र नयाँ थप्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले एउटै जिल्लाबाट दुई दुई जना मन्त्री सिफारिस हुने तर महिलालगायतको उपस्थिति भने नहुने ? भन्दै आपत्ती जनाएका थिए । उनीहरुले मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पछिल्लो विवाद तथा संगठनात्मक विषयमा छलफल गर्न पोलिटब्यूरो बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

कमेन्ट गर्नुहोस्