कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, विदेशीसामु लम्पसार पर्दैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिने र विदेशीसामु लम्पसार नपर्ने बताएका छन्।पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै आज (शुक्रबार) उनले यस्तो बताएका हुन् ।

पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’

उनले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै विदेशी सामु लम्पसार पर्न नसक्ने दावी गरे । ‘कम्युनिस्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, विदेशी सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा पनि टेक्दैन, त्यस्तो पार्टी हामीले बनाउन खोजेका हौ’, अध्यक्ष नेपालको भनाइ छ ।

कम्युनिष्ट पार्टी विदेशीको स्वार्थमा पनि नचल्ने उनको तर्क छ । कम्युनिष्टले देशको हित र रक्षाका लागि लड्ने बताए ।

नीति बनाउदा परिस्थितिको सही विश्लेषण भए सही निर्णय हुने पनि नेपालले बताए। पार्टी बलियो र सही नीतिमा अघि बढेमा सबै खाले चुनौतीको सामना गर्न सकिने बताए ।

कमेन्ट गर्नुहोस्