माओवादी केन्द्रको केन्द्रिय समिति बेठक असार १९ गते बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक असार १९ गते बस्ने भएको छ । असार १५ गतेबाट बैठक बस्ने गरी तय भएपनि चार दिन पछि सरेर अव असार १९ गते बस्ने भएको हो ।

बैठक १९ गते बस्ने गरी केन्द्रीय सदस्यहरुलाई सूचना जारी गरिएको छ । केन्द्रीय कार्यालयमा मुख्य सचिव श्रीराम ढकाल प्रशान्तले बैठक असार १९ गते विहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी तय गरिएको बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्