काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।

महानगरकी उपमेयर सनिता डंगोलले बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् ।

कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड बजेट छुट्याइएको छ । त्यस्तै, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन गरिएको छ ।


उपमेयर डंगोलले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी बजेट ल्याइएको बताइन ।

कमेन्ट गर्नुहोस्