मेयर दाहालद्धारा भरतपुरको नीति तथा कार्यक्रम सार्वजनिक

चितवन । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष ०७९–०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
शुक्रबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा ११ औ नगरसभामा महानगर नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रममा भरतपुरमा निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई निरन्तरतालाई प्रथामिकता दिइएको छ ।

त्यस्तै सहरी पूर्वाधार विकास अन्तरगत सडक तथा भवन निर्माणलाई अगाडि बढाउने नीति लिएको छ । महानगरपालिकालाई हरियाली, वातावरण मैत्री तथा खेलकुदमैत्री शहरको रुपमा अगाडि बढाउन एक वडा, एक पार्क तथा एक वडा, एक खेल मैदान हुने गरी पूर्वाधार निर्माण कार्यलाई निरन्तारता दिइने जनाएको छ ।

यस्तै खानेपानी, वतावरण, सरसफाई तथा हरियाली प्रवद्र्धनलाई गर्ने नीति लिएको महानगर प्रमुख दाहालले बताइन्।

महानगरपालिकाले भरतपुरलाई डिजिटल र स्मार्ट बनाउने अभियानलाई तीब्रताका साथ अगाडि बढाउने भएको छ । महानगरमा हाल प्रयोगमा आइसकेको अनलाईन राजस्व प्रणाली, अनलाईन पेमेन्ट लगायतका प्रविधिको थप विकास गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउने नीति लिएको छ ।
यस्तै शिक्षा विकासमा महानगरपालिकालाई उच्च शिक्षाको उत्कृष्ट हबका रूपमा विकास गर्नका लागि अहिले शिक्षाकोठाको शिक्षण सिकाइलाई केन्द्रमा राख्ने जनाएको छ ।

यस्तै कक्षा १–८ को स्थानीय विषयको क्षेत्रीय वित्त साक्षरता, साइवर क्राइम, उध्यमशीलता, नवप्रवर्तन र पूर्व नैतिक मूल्य र मान्यताहरू सीप विकास परिमार्जनलाई डिजिटल प्रभावकारी बनाउने नीति लिएको छ ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको लागि आवश्यक स्रोत–साधनको व्यवस्थापन संस्थागत विक महा फित्रका साहित्य भाषा, कला, संस्कृतिको उत्थान र संरक्षण कार्य गर्ने जनाएको छ ।

यस्तै युवाको क्षेत्रमा उर्जाशील युवा वर्गलाई उद्यमशीलतामा आधारित सीपमूलक तालिम, अवलोकन भ्रमण तथा परामर्शका कार्यक्रमहरु सञ्चालन गरी कुलत तथा दुव्र्यसनबाट जोगाउने कार्यक्रम सञ्चालनमा जोड दिने जनाएको छ ।
यस्तै खेलकुद क्षेत्रमा महानगरपालिकालाई खेलकुद सिटीका रुपमा विकास गरिनेछ । फुटवल रंशलाशाको निर्माण, क्याम्पाचौरलाई मिनी स्टेडियका रुपमा विकास गर्ने जनाएको छ ।

यस्तै स्वास्थ्यलाई थप प्रभावकारी बनाउन भरतपुर अस्पतालमा महानगरपालिको सहायता कक्ष निर्माण गरी छोरी बीमा र ओपिडी टिकट व्यवस्थापनमा सहजीकरण गर्ने नीति लिएको छ ।

भरतपुर अस्पतालमा बर्थिङ सेन्टर स्थापनको संभाव्यता अध्ययन गर्ने पनि जनाइएको छ ।

त्यस्तै कृषि विकासमा महानगरपालिकाले कृषि उत्पादनमा वृद्धि गरी उत्पादनको न्युनतम लागतमूल्यका आधारमा न्यूनतम बजार मूल्य तोक्ने नीति लिएको छ ।
यस्तै भरतपुर महानगर आर्गनिक शहरको अधियनको समेत थालनी गरी मेड ईन भरतपुर भन्ने ब्रान्डिङका लागि आवश्यक पहल गर्ने जनाइएको छ । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा सहकारीसँगको समन्वयमा मेयरसँग किसान कार्यक्रम सञ्चालन गरी प्राविधिक ज्ञान, तालिम, अनुसन्धानका कार्यहरु गर्ने नीति लिएको छ ।

महानगरले पर्यटन तथा संस्कृति, उद्योग, सुचना तथा सञ्चार तथा भूमिहिनलाई राष्ट्रिय भूमि अयोगसँग समन्वय गरी जग्गा उपलब्ध गराउने नीति पनि लिएको छ ।

 

कमेन्ट गर्नुहोस्