काठमाडौं आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत

काठमाडौं । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुग्नुभएको छ ।

शनिवार अपरान्ह काठमाडौं ओर्लनुभएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ ।

काठमाडौंमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसक्नुभएको बताइएको छ ।साथै वहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको पनि अनुभव छ ।

राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए पछि औपचारिक जिम्मेवारी सम्हाल्नु हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्