भेलुखेल ५ भक्तपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना

भक्तपुर । देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा शनिबार बृहत निःशुल्क स्वास्थ्य सेवा शिविर आयोजना भयो । क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो । यस बृहत निःशुल्क स्वास्थ्य शिविरमा दन्त विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जेनरल फिजिसियनद्धारा परामर्श प्रदान गरियो । यस शिविरबाट भेलुखेल ५ का ६५ जना बासिन्दाहरु लाभान्भित भए ।

“विशेषज्ञ डाक्टरहरुबाट निशुल्क परामर्श पाएकोमा हामी खुसी छौँ, आगामी दिनहरुमा पनि आयोजकहरुलाई यस्तै सेवा प्रदान गर्न आग्रह गछौँ”,शिविरमा सहभागीे एक महिलाले भनिन्।

यस बृहत निःशुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गर्नुहुने जनरल फिजिसियन डा. सुजिता वैद्यका अनुसार शिविरमा सेवा आउन भएका अधिंकश महानुभावहरुमा हाडजोर्नीको समस्या देखियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकाहरुमा ज्वरो तथा खोकीको समस्या देखिएको पनि उनले बताए । बर्षायामको मौसम भएकाले हैजा फैलिन सक्ने भन्दै उनले सर्तक रहनका लागि आग्रह गरे ।

यस शिविरमा सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रर्दशनी पनि गरिएको थियो । क्लिनिक वानका डायटिसियनप्रति कपौडेलले जन्मेदेखि ६ महिनार ६ महिनादेखि २ वर्ष सम्मका बालबालिका तथा गर्भवती तथा सुत्केरी महिलाले कस्तो खाना खानुपर्छ भन्नेबारेमा प्रर्दशन गरे । सन्तुलित आहार खान किन महत्वपूर्ण छ र हाम्रै भान्सामा पाइने सामाग्रीहरु प्रयोग गरेर कसरी सन्तुलित आहार बनाउन सकिन्छ भन्नेबारेमा जानकारी यस शिविरमा प्रदान गरियो ।

आगामी दिनहरुमा पनि यस्तै विभिन्न संस्थाहरुसगँको साझेदारीमा यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी गराए ।

 

 

कमेन्ट गर्नुहोस्