लोसपा र लोक दलबीच आज एकता हुँदै

काठमाडौं । मधेसकेन्द्रीत राजनीति गर्दै आएको लोसपासँग लोक दलले एकता गर्ने भएको छ ।

खासै चर्चामा नरहेको लोकदल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आज दिउँसो दिउँसो २ः३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता हुने कार्यक्रम छ।

लोसपाका सचिव रञ्जित झाका अनुसार लोसपा र लोक दलबीच एकीकरण हुन लागेको हो।

कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्