३ महिने अभियानका लागि अखिल क्रान्तिकारीले ताेक्याे इन्चार्ज र प्रमुखहरु (पूर्ण पाठ)

काठमाडौं । अखिल क्रान्तिकारीले तीन महिने संगठनात्मक अभियानका लागि प्रदेश इन्चार्ज र प्रमुखहरु तोकेको छ ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह तथा महासचिव दिपेश पुनको संयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी गर्दै संगठनले विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियानका लागि प्रदेश इन्चार्ज र प्रमुखहरु तोकेको हो ।

तीन महिने उक्त अभियानका लागि हरेक प्रदेशका जिल्लाहरुलाई दुईवटा भौगौलिक क्लस्टरमा विभाजन गर्दै इन्चार्ज तोकिएको छ । तीन महिने अभियानलाइ १९ वटा कमाण्डमा सञ्चालन गरिनेछ । अभियानकाे इन्चार्ज उपाध्यक्ष रहने प्रमुखमा सचिव तथा आयाेगका प्रमुख उपप्रमुख रहने गरी कमाण्ड ताेकिएकाे विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी संगठनले बिभिन्न विभागहरुलाई समेत पूर्णता दिएको छ ।

यसअघि बसेको क्रान्तिकारीको बैठकले अखिल क्रान्तिकारी संगठन युद्दस्तरमा विकास गर्ने निर्णय गरेको थियो ।

 

कमेन्ट गर्नुहोस्