दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना विद्यार्थी मृत भेटिए

काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक राति क्लबमा आइतबार कम्तिमा १७ जना विद्यार्थी मृत फेला परेको प्रहरीले जनाएको छ ।

के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले भने । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए ।

मृतक सबै १८ देखि २० वर्ष उमेरका छन् । सबै शव टेबलमा भेटिएको हो । मृतकको शरीरमा कुनै घाउ वा चोट लागेको पाइएको छैन् ।

 

अफ्रिकी नाइटक्लबमा परीक्षाको अन्त्यको खुसियाली मनाउँन पुगेका ती विद्यार्थी मृत फेला परेका हुन् । क्षेत्रीय अखबार डिस्प्याचलाइभले रिपोर्टका अनुसार उनीहरु कुनै प्रकारको विषका कारण मरेको बताइएको छ ।

उनीहरुको शव टेबल, कुर्सी र भुइँमा शवहरू छरिएका छन् । पुलिसले केप टाउन स्थलमा मृत्युको अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्