समाजवादबारे अन्तरक्रिया: प्रचण्डदेखि चित्रबहादुर केसीसम्म सहभागि हुने

काठमाडौं । ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’बारे अन्तरक्रिया हुने भएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले असार १३ गते सोमबार सरोकारवालाहरूलाई एकै ठाउँ भेला गरेर समाजवादबारे वहस तथा विर्मस गर्न लागेको हो ।

जसमा विज्ञहरु डा.खिमलाल देवकोटा, डा. बिमल फुयाँल, प्राडा ओम पुन, श्याम श्रेष्ठ, डा। युवराज संग्रौला र हरि रोकाले कार्यपत्र पेश गर्नेछन् । कार्यक्रममा वक्ताका रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, काँग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता शंकर पोखरेल, जनता समाजवादीका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल सहभागी हुनेछन् ।

 

कमेन्ट गर्नुहोस्