काठमाडौं । शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।
नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।
कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुन बनिन् । उनको आँखा आँसुले टिलपिल–टिलपिल भएको थियो । उनले आँशु झरेपछि पटक पटक टिस्यु पेपेरले आशु पुछेकी थिइन् ।
राष्ट्रियसभामा सहरी विकास मन्त्री झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले आइतबार नै बजेटमाथिको उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिएको घोषणा गरेका हुन् ।
प्रेम आलेले राजिनामा पार्टी अध्यक्षलाइृ बुझाएका छन् भने झाक्रिले प्रधानमन्त्रीलाई बुझाएकी हुन ।