ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो

काठमाडौंं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व(अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।

 

काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौँ,’ प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।

यस्ता बोर्डहरू माइतीघर, सिंहदरबार, पद्मोदय, पुतलीसडक, सीतापाइला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालाजु, गोंगबु, ग्रीनल्याण्ड, सल्लाघारी, सूर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मी स्थानलगायतका स्थानहरूमा राखिएका छन् ।

 

कमेन्ट गर्नुहोस्