‘हाम्रो पौरख महाङ्कालको गौरब’ नाराका साथ महाङ्काल गाउँपालिकाले ल्यायो बजेट (पूर्णपाठ)

ललितपुर । ललितपुर जिल्ला महाङ्काल गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष डोल्मा मायाँ गोलेले वार्षिक नीति तथा कार्यक्रम पस्तुत गरिन् ।

आर्थिक वर्ष २०७९।०८० को नीति, कार्यक्रमले “हाम्रो पौरख महाङ्कालको गौरब” भन्ने मूल नाराका साथ गाउँपालिकाको दीर्घकालसम्म स्मरणयोग्य कार्य गर्ने लक्ष्य लिएको छ । यसका लागि सम्भाव्यता अध्ययन, तामाङ्ग समुदायसँगको छलफल र परामर्श तथा केही जग्गाधनीसँगको सर सल्लाहमा च्यानडाँडा कटान गरी स्मार्ट भिलेज (बजार) र मिनी रंगशाला निर्माण गरी बहुवर्षे आयोजना संचालन गर्न आ.व.०७९।८० मा डी.पि.आर. तयार गरी कार्य प्रारम्भ गरिने उपाध्यक्ष गोलेले जानकारी दिइन् । साथै पालिकको आम्दानी बढोत्तरी गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै विभिन्न साना ठूला उद्योग खोल्न र नदीजन्य उद्योगलाई प्रोत्साहन गरिने उनको भनाई छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

यस गरिमामय गाउँसभाका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू,
सभाका सदस्यज्यूहरु, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मी मित्रहरु,
तथा उपस्थित सम्पूर्ण महानुभावहरु ।

विविधतामा एकता : समृद्धि हाम्रो प्रतिवद्धता

सर्वप्रथम यस महाङ्काल गाउँपालिकाको दशौं गाउँसभाका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, सहभागी सम्पूर्ण सभाका सदस्यज्यूहरु एवं उपस्थित सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु एवं संचारकर्मी मित्रहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।
नेपालको सार्वभौमसत्ता, राष्ट्रियता, अखण्डता, स्वाधीनता, राष्ट्र«हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि  विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात—अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
हाम्रो असीमित आवश्यकतालाई सीमित स्रोत र साधनबाट समग्र गाउँपालिकाको विकास र सम्वृद्धिलाई सम्वोधन गर्नु आफैमा चुनौतीपूर्ण कार्य हो । सीमित स्रोत र साधनलाई प्राथमिकताका क्षेत्रमा परिचालन गरी अधिकतम जनसहभागिता, सहकार्य तथा साझेदारीमा विकासका कार्यक्रम संचालन गर्नु पर्ने हाम्रो आवश्यकता र वाध्यता रहेको छ ।

सभाका सदस्यज्यूहरु, 
ग) आ.व.०७९।८०को बजेटका उद्देश्यहरु देहाय बमोजिम रहेका छनः
१. उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने ।
२. उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्र्नेे ।
३. कृषि उत्पादनमा आत्मनिर्भर बनाउने तथा आधुनिकीकरण गर्ने ।
४. आर्थिक तथा सामाजिक रुपान्तरण मार्फत सन्तुलित, समावेशी, आत्मनिर्भर एवं समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माण गर्ने,
५. व्यवस्थित बसोबासका लागि सवै वडा, गाउँवस्तीहरुमा सडक पूर्वाधारको विकास गर्ने,
६. धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुलाई सौन्दर्यकरण गर्दै पर्यटन पूर्वाधारको विकास गर्ने,
७. उत्पादन र रोजगारीको प्रवद्र्धन गर्ने,
८. पूर्ण सरसफाइयुक्त, बालमैत्री, अपांगमैत्री, पोषणमैत्री, वातावरणमैत्री र प्रविधिमैत्री गाउँपालिका निर्माण गर्ने,
९. बालश्रम, बालविवाह, छुवाछुत र सबै खाले हिंसामुक्त समाजको निर्माण गर्ने,
१०. न्यायमा सबै वर्गको पहुँच वृद्धि गर्ने ।
१४. युवा तथा महिला सशक्तीकरणलाई जोड दिने ।
१५. घरेलु हिंसा न्युनीकरण गरी सुरक्षित समाजको निर्माण गर्ने ।
घ) बजेटका प्राथमिकताहरु निम्नानुसार रहेका छनः
१. कृषि क्षेत्रको रुपान्तरण,
२. नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास,
३. सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी र्सिजना र गरिबी निवारण,
४.मानव संशाधन विकास,
५.पूर्वाधार विकास र पूँजी निर्माण,
६.वातावरण संरक्षण, विपद व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण,
७.प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन ।
अव म आ.व.२०७९/०८० को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा अबलम्वन गरिने आधारहरु प्रस्तुत गर्दछु ।
–    नेपालको संविधान,
–    स्थानीय सरकार संचालन ऐन, २०७४
–    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
–    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४
–    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
–    चालु १५ औं योजना,
–    बागमती प्रदेशको पहिलो आवधिक योजना,
–    संघ, प्रदेश र स्थानीय सरकारले जारी गरेका नीति, कानून, मार्गनिर्देशन र मापदण्ड,
–    स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पति हस्तान्तरण सम्वन्धी निर्देशिका, २०७४
–    दिगो विकासका लक्ष्यको स्थानीयकरण र आन्तरिकीकरण,
–    श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र स्थानीय राजश्व परामर्श समितिका सिफारिस,
–    वडास्तरीय योजना तर्जुमा भेला, वडा समितिको सिफारिस, विषयगत समितिको र बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट सिफारिस भई आएका योजनाहरु,
–    नेपालले अन्तराष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताहरुबाट सिर्जित दायित्वहरु,
–    स्थानीय तहको निर्वाचनमा नागरिक सामु गरिएका प्रतिवद्धताहरु,
–    विकासका समसामयिक मुद्धाहरुः सामाजिक सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन र विपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैंंगिक सशक्तिकरण तथा समावेशी विकास, बाल मैत्री स्थानीय शासन, वातावरण मैत्री स्थानीय शासन, आधारभूत स्वास्थ्य, पूर्ण सरसफाई लगायतका अन्तर सम्बन्धित विषयहरु
–    स्थानीय विशिष्ट परिस्थिति अनुसार यस गाउँपालिकाले आवश्यक ठानेका विविध बिषयहरु ।आर्थिक वर्ष २०७९।०८० कोे नीति, कार्यक्रमबाट यस गाउँपालिकाको हाम्रो पौरख महाङ्कालको गौरब भन्ने मूल नाराका साथ गाउँपालिकाको दीर्घकालसम्म स्मरणयोग्य कार्य गर्ने लक्ष्य लिइएको छ । यसका लागि सम्भाव्यता अध्ययन, तामाङ्ग समुदायसँगको छलफल र परामर्श तथा केही जग्गाधनीसँगको सर सल्लाहमा च्यानडाँडा कटान गरी स्मार्ट भिलेज (बजार) र मिनी रंगशाला निर्माण गरी बहुवर्षे आयोजना संचालन गर्न आ.व.०७९/८० मा डी.पि.आर. तयार गरी कार्य प्रारम्भ गरिनेछ । साथै पालिकको आम्दानी बढोत्तरी गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै विभिन्न साना ठूला उद्योग खोल्न र नदीजन्य उद्योगलाई प्रोत्साहन गरिनेछ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रकृया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी  महाङ्काल बैतरणी कायम गरिनेछ ।
महिनाको अन्तिम बिहीबार: अध्यक्षसँग साक्षात्कार कार्यक्रम संचालन गरिनेछ ।

उपस्थित महानुभावहरु,
अब म गाउँपालिकाको आ.ब. २०७९/८० को लागि प्रमुख क्षेत्रगत नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।
१. सामाजिक विकास नीति :
१.१. स्वास्थ्य  तथा पोषण
–    गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईको भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्दै औषधि लगायत स्वास्थ्य तथा सुरक्षा सामाग्रीहरुको पर्याप्त व्यवस्था गरी स्वास्थ्य सेवालाई सुदृढ गरी निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरणको व्यवस्था मिलाईने छ ।
-सुरक्षित प्रसुति सेवाका निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइने कार्यलाई निरन्तरता दिइनेछ ।
–    गाउँपालिकावासीहरुमा योग गरौं स्वस्थ बनांै भन्ने भावनाको विकास गर्न नागरिक आरोग्य केन्द्रसँगको सहकार्यमा अभियान सञ्चालन गरिनेछ ।
–    निरोगी महाङ्काल गाउँपालिकाको अभियान संचालन गरिनेछ ।
–    आयुर्वेद उपचार पद्धतिलाइ प्रवद्र्धन गर्न गाउँपालिका क्षेत्रभित्र रहेको नागरिक आरोग्य केन्द्रलाई गाउँपालिका मातहतमा ल्याउन पहल गरिनेछ ।
–    सुनौलो हजार दिनको अवधारणा अनुरुप गर्भवती तथा सुत्केरी आमाहरुको पोषणको अवस्थामा सुधार ल्याउन नेपाल सरकारले कार्यान्वयनमा ल्याएको बहुक्षेत्रीय पोषणको कार्यक्रमको आधारमा गाउँपालिकाबाट थप बजेट विनियोजन गरी कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
–    सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गरिनेछ ।
–    पौष्टिक खाना खाने बानीको विकास गरी कुपोषणलाई न्यून गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
–    सम्पूर्ण स्वास्थ्य संस्थामा प्रभावकारी किशोर किशोरी स्वास्थ्य सेवाको उपलब्धता र सुनिश्चितताका लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ  ।
–    स्वास्थ्य क्षेत्रमा क्रियालशील संघ संस्थाहरुबीचको समन्वय सुदृढ तुल्याई गाउँ क्षेत्र भित्र वा नजिक रहेका रक्तसंचार केन्द्र, सामुदायिक अस्पताल जस्ता संस्थालाई क्रियाशील बनाउन आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइने छ ।
१.२. शिक्षा 
–    एक गाउँपालिका एक प्राविधिक शिक्षालयलाई प्रवद्र्धन गर्ने नीति अनुरुप बाघभैरब मा.वि.लाई आवश्यक रकम विनियोजन गरिनेछ ।
–    अंग्रेजी माध्यममा सञ्चालित विद्यालयलाई थप प्रोत्साहन गरिनेछ ।
–    बुहारी उच्च शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
–    प्राथमिक उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न गराउन प्रोत्साहित गरिनेछ ।
–    जेहेन्दार, गरीब, विपन्न र अपांगता भएका बालबालिकाहरुलाई पाठ्यपुस्तक, पाठ्यसामाग्री र पोशाक उपलब्ध गराइनेछ ।
–    नेत्रहीन, सुस्तश्रवण, सुस्तमनस्थिति लगायत फरक क्षमता भएका विद्यार्थीहरुका लागि विशेष शिक्षाको व्यवस्था गर्न पहल गरिनेछ ।
–    सामुदायिक बिद्यालयमा शिक्षक बिद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी मिलान गरिनेछ ।
–    शिक्षा ऐन, नियम र योजनाको तर्जुमा तथा परिमार्जन गरी कार्यविधि र मापदण्ड निर्माण गरिनेछ ।
–    किशोर–किशोरी शिक्षा तथा जीवनोपयोगी सीप विकासको माध्यमले विद्यालय वाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने कार्यक्रम संचालन गरिनेछ ।
–    माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधिमैत्री बनाउदै लगिनेछ ।
–    विद्यार्थी संख्या र भौगोलिक दूरी समेतलाई मध्यनजर गरी न्यून विद्यार्थी, अधिक आर्थिक बोझ भएका विद्यालयहरु गाभ्ने ९ःभचनभ) कार्यलाई प्राथमिकता दिइनेछ ।
–    एकीकृत प्रारम्भिक बालविकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
–    स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनलाई अघि बढाइनेछ ।
–    आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन र प्रमाणीकरण कार्यलाई स्तरीय बनाइने छ ।
–    विद्यालय बाहिर रहेका, कक्षा छाड्ने र कक्षा दोहो¥याउने प्रवृतिलाई न्यून गर्न कार्यक्रम संचालन गरिनेछ ।
–    विद्यालयको भौतिक शैक्षिक गुणस्तरमा अभिवृद्धि गरिँदै लगिनेछ ।
–     नमूना विद्यालय छनौट गरी निश्चित अवधिभित्र पूर्वाधार तयार गर्न सहकार्य गरिनेछ । यसका लागि नमूना विद्यालय सुधार कार्यविधि बनाई लागु गरिनेछ ।
१.३. खानेपानी, सरसफाई र स्वच्छता
–    गाउँपालिका भित्रका सम्पूर्ण वडाहरुमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ ।
–    नेपाल सरकारको राष्ट्रिय लक्ष्य बमोजिम गाउँपालिका क्षेत्र भित्रका सबै घरधुरीमा एक घर एक धाराको अवधारणा अनुसार सुरक्षित पिउने पानीको पहुँच बढाउन प्रदेश र संघीय सरकारसंगको समन्वयमा नयाँ खानेपानी आयोजना सञ्चालन गरिने छ । साथै उक्त आयोजनाहरुमा पालिकाको साझेदारी रहनेछ । यस अन्तर्गत खानेपानी सुरक्षा योजनाहरु लागू गर्ने, खानेपानी सुरक्षित समुदाय ९ध्बतभच कबाभ अयmmगलष्तथ० विकास गर्ने विषयलाई महत्व दिइनेछ ।
–  घरायसी, संस्थागत एवम् वातावरणीय सरसफाइ प्रवद्र्धनका लागि वातावरण तथा सरसफाइ कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
–    विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि कार्यान्वयनमा ल्याउँदै यस पालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधालाई कम्तिमा एक तारा सुनिश्चित गर्दै दुई तारा प्राप्त गर्नका लागि कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
–    गाउँपालिकाभित्र सञ्चालन हुने खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका क्रियाकलाप र कार्यक्रमहरुमा दोहोरोपना हटाउनुका साथै प्रभावकारिता वृद्धि गर्नका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता योजना ९ध्ब्क्ज् एबिल० तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
–    सरसफाइको लागि मानिसहरुको बानी ब्यवहारमा आमूल परिवर्तन ९त्यतब िद्यभजबखष्यगच ऋजबलनभ० गर्न पालिका क्षेत्रभरि जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
–    सार्वजनिक क्षेत्रको सरसफाइलाई सुधार गर्न पालिकाका मुख्य चोक तथा सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
–    फोहरमैला व्यवस्थापन ऐन, २०६८ र फोहरमैला व्यवस्थापन निमयमावली, २०७० को प्रभावकारी कार्यान्वयन गरी फोहरमैला व्यवस्थापनमा जनचेतना अभिबृद्धि गर्दै “स्वच्छ तथा सुन्दर पालिका” को रुपमा विकास गरिनेछ । यसका लागि गाउँपालिका भित्र बाल क्लवहरु, टोल विकास संस्थाहरु, युवा सञ्जाल, आमा समूहहरु, सहयोगी संघसंस्था तथा शुभेच्छुकहरुको सहयोगमा सफा—सुन्दर गाउँपालिका निर्माण गर्ने कार्यको थालनी गरिनेछ ।
–     विद्यालय, बालविकास केन्द्र र स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ र स्वच्छता, साबुन पानीेले हात धुने र महिनावारी स्वच्छता सुविधा सुनिश्चित गर्न पहल गरिनेछ गर्ने,
–    १.४. सामाजिक समावेशीकरण
–    बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि तयार गरी लागू गरिनेछ ।
–    सबै वडामा बाल समिति गठन तथा सबलीकरण गरी परिचालन गरिनेछ ।
–    बालकोषको स्थापना गरी वालहितमा कोष संचालन गर्ने कार्यको थालनी गरिनेछ ।
–    जोखिममा रहेका, अभिभावकविहीन तथा परित्यक्त वालबालिकाको संरक्षणका लागि सामाजिक सुरक्षा सहायता सहितको बैकल्पिक स्याहार कार्यक्रम संचालन गर्ने कार्यको थालनी गरिनेछ ।
–    बाल विवाहको रोकथाम तथा अन्त्यका लागि बालिका लक्षित शैक्षिक सहायता, बीमा, बचत कार्यक्रम क्रमशः लागु गर्दै सचेतनामूलक अभियान संचालन गरिनेछ ।
–    बालश्रम उन्मूलन गर्न कार्यक्रम संचालन गरिनेछ ।
–    महिला तथा विपन्न बर्गको सशक्तीकरणका लागि आवश्यक तालिम, लोकसेवा तथा अन्य सरकारी सेवाको तयारी कक्षा संचालन गरी रोजगारीको अवसर श्रृजना गरिनेछ ।
–     महिला, बालबालिका, युवा, पछाडि पारिएका, आदिवासी÷जनजाति, दलित, भिन्न क्षमता भएका व्यक्ति, लैंगिक अल्पसंख्यक, सीमान्तकृत, जेष्ठ नागरिकहरुको सशक्तिकरण, क्षमता विकास तथा सीप विकासका लागि सीपमूलक एवं चेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
–    जेष्ठ नागरिक परिचयपत्र वितरण तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
–    महिला, बालवालिका, अपाङता भएका व्यक्ति, जेष्ठ नागरिकको लागि हेरचाह गृह (कबाभ जयगकभ) निर्माण गर्न पहल गरिनेछ ।
–    गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम संचालन गरी महिला तथा युवाहरुलाई प्रारम्भिक र एडभान्स सीपमूलक व्यवसायिक तालिम मार्फत उद्यमशीलतातर्फ अभिप्रेरित गरिने छ । कृषि उत्पादन तथा लघु उद्यम विकासको लागि वैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिनेछ ।
–    सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रभावकारी बनाई घर घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउन वैंकसँग सहकार्य गरिनेछ ।
–    गाउँस्तरीय साँस्कृतिक केन्द्रको स्थापना गरी कला, भाषा, साहित्य र संस्कृतिको जगेर्ना र विकास गरिनेछ  ।
–    गाउँपालिकाको बस्तुगत विवरण (पाश्र्व चित्र) निर्माण गरी सालबसाली अद्यावधिक गरिनेछ ।
–    नतिजामा आधारित बार्षिक तथा आवधिक योजना तथा मध्यमकालीन खर्च संरचना तयार गरी लागु गरिनेछ ।
–     पिछडिएको  समुदाय, सीमान्तकृत, गरीब, असाहय र टुहुरा बालबालिकालाई शिक्षाको पहँुच विस्तार गर्न अवश्यक कर्यक्रम सञ्चालन गरिनेछ ।
–     विकृति विसंगति हटाऔ, सभ्य समाज बनाऔ” सभ्य नागरिक सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१.५ रोजगारी तथा मानव संशाधन विकास 
–    विकास निर्माणमा युवा जनशक्ति परिचालन गरी दिगो विकासका लक्ष्य पुरा गर्न बेरोजगार व्यक्तिको अभिलेखीकरण कार्यक्रम संचालन गरिनेछ ।
–    युवा तथा विदेशबाट रोजगारी गुमाई फर्किएका नागरिकहरुको लागि कृषि तथा पशुपालन व्यवसायको प्रवद्र्धन गरी रोजगारीको अवसर सिर्जना गरिनेछ ।
–    राहत होइन रोजगारीे, मामका लागि काम” भन्ने उद्देश्यका साथ गाउँपालिकाबाट संचालन हुने सबै विकास निर्माणमा अधिकतम जनशक्ति प्रयोग हुने योजनालाई प्राथमिकता दिई संचालन गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमसँग लागत साझेदारी गरी उत्पादनमुखी योजना सञ्चालन गरिनेछ ।
–    पालिकामा सञ्चालन हुने कार्यक्रमहरुमा प्रभावकारिता ल्याउन गैरसरकारी संस्था डेस्क सुदृढीकरण गरी पालिकाको विकास निर्माणमा गैरसरकारी संस्थाको भूमिकालाई प्रभावकारी र जवाफदेही बनाइनेछ ।
-गैरसरकारी संस्थासंग साझेदारीमा विविध जनचेतना एवं विकासात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
–    जनतामा प्रवाह गरिने सेवालाई थप प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी संस्थामा संलग्न जनशक्तिको क्षमता विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
–    बचत गर्ने र बैकिङ कारोबार गर्न उत्प्रेरित गर्न सबै नागरिकहरुलाई कम्तीमा एक घर एक खाता खोल्न प्रोत्साहित गरिनेछ ।

१.६.खेलकुद 
–    पालिका भित्रका सवै वडामा कम्तीमा एउटा खेल मैदानको विकास गरी फुटवल, भलिवल, क्रिकेट, ब्याडमिन्टन जस्ता खेलहरुलाई प्रोत्साहन गर्न गाउँस्तरीय खेलकुद समितिको सुदृढीकरण गरिनेछ ।
–    युवाहरुलाई खेलकुदमा आकर्षित गर्न अध्यक्ष कप र राष्ट्रपति रनिङ्ग शिल्ड जस्ता खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।
–    राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलकुदमा भाग लिने पालिका भित्रका उत्कृष्ट खेलाडी तथा जित हासिल गराउन सहयोग पु¥याउने प्रशिक्षकहरुलाई प्रोत्साहन गर्न पुरस्कार र सम्मानको व्यवस्था मिलाइने छ ।
१.७. सामाजिक परिचालन 
–    सामाजिक रुपान्तरणका लागि सामाजिक परिचालन कोष खडा गरी टोल विकास संस्था, आमा समूह, क्लब, सामुदायिक संस्था लगायतका संस्थाहरुसँग समन्वय र सहकार्य गरिने छ ।
–    सामाजिक परिचालनका माध्यमबाट गरीवी न्यूनीकरण कार्यक्रमलाई मुल प्रवाहीकरणमा समावेश गर्न जोड दिइनेछ ।
–    एक वडा एक सामाजिक परिचालकको व्यवस्था गरिनेछ ।
–    सामाजिक परिचालन मार्फत समाजमा सकारात्मक सोच अभिबृद्धिको विकास गरिनेछ ।
१.८ न्यायिक कार्यसम्पादन
उपाध्यक्ष घर घरः न्याय, सम्वृद्धि र रोजगार
–    मेलमिलापकर्ता र जनप्रतिधिहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम अगाडि बढाइनेछ ।
–    विवाद निरुपण तथा मेलमिलापको लागि समुदायस्तरमा कार्यक्रम बनाई लागु गरिनेछ ।
–    मेलमिलाप केन्द्रलाई व्यवस्थित गरिनेछ ।
–    स्थानीय न्यायिक समितिलाई सवल र सक्षम बनाइनेछ ।
-प्रत्येक वडाहरुमा कानूनी साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
२ आर्थिक विकास नीतिः
२.१ कृषि तथा पशुपालन

–    बढदो वैदेशिक रोजगारीको परनिर्भरतालाई न्यूनीकरण गर्दै युवालाई कृषि उद्यममा आकर्षित गर्न “युवाको पौरख– महाङ्कालको गौरव” नामक कृषि व्यवसायिक उद्यमशीलता कार्यक्रम संचालन गरिनेछ ।
–    सामूहिक सहकारी खेतीलाई प्रवद्र्धन गर्दै जमीन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ ।
–    प्रत्येक वडामा अग्र्यानिक खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने कार्यको थालनी गरिनेछ ।
–    कृषि सहकारितालाई प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धि गर्न सबै खाले सहयोग गरिनेछ ।
–    आधुनिक उन्नत पशु उत्पादनमा जोड दिदै कृषकहरुलाई दुग्ध तथा मासुजन्य उत्पादनमा प्रोत्साहित गरिने छ ।
–    उन्नत पशुपालन, पशु विमा, नश्ल सुधार, गोठ सुधार जस्ता कार्यक्रमहरुलाई प्रोत्साहित गरिनेछ ।
–    कृषि उपजलाई बजारीकरण गरी उत्पादनको उचित मूल्य प्रदान गर्न कृषि संकलन केन्द्र र चिस्यान केन्द्र स्थापना गरी कृषि क्षेत्रको प्रर्वद्धन गरिनेछ  ।
–    कृषि उत्पादन बढाउने उद्धेश्यका साथ “उत्कृष्ट किसान, हाम्रो शान” नारालाई आत्मसात गर्दै  पशुपालन, जडिबुटी, तरकारी, फलफूल खेती गरी कृषि उत्पादनमा उल्लेखनीय योगदान पुरयाउने कृषकलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइने छ ।
–    कृषि उद्यमशीलताको विकास, खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्घि गर्देै प्रतिस्पर्धात्मक क्षमता वृद्घि गरिनेछ ।
–    पशु बीमा कार्यक्रमलाई प्रोत्साहित गरिनेछ । कृषक पहिचान गरी परिचयपत्र दिने कार्य यसै आ.व.भित्र सम्पन्न गरिनेछ ।
–    “कृषकको अवस्था, पहिचानको आधारमा व्यवस्था” कृषिमा अनुदान होइन सहुलियत कर्जा  उपलब्ध गराउन पहल गरिनेछ ।
–    एक वडा एक कृषि र पशुसेवा प्राविधिकको व्यवस्था गरिनेछ । कृषिमा आधुनिकिकरण, यान्त्रीकीकरण, विविधिकरण, व्यवसायीकरण तथा वजारीकरणको उचित व्यवस्था मिलाइनेछ ।
–    व्यक्ति, समूह, सहकारीलाई व्यवसायको आधारमा सहुलियत कर्जा दिइने व्यवस्था मिलाइने ।
-भूगोल तथा भौगोलिक हावापानीको आधारमा कृषि पकेट क्षेत्र र कृषक समूह, सञ्जाल बनाई  उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था गरिने छ ।
 २.२. पर्यटन 
–    सबै वडाका सम्भावित पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन प्रवद्र्धन र विकास गरिनेछ ।
–    हरियाली पार्क निर्माण गर्ने कार्यको थालनी गरिनेछ ।
–     एक वडा एक उद्यान कार्यक्रम सञ्चालन गरिनेछ ।
–    गाउँपालिका भित्र रहेका सम्भावित पर्यटकीय क्षेत्रमा घरबास (ज्यmभ कतबथ) लाई प्रभावकारी बनाइनेछ ।
–    स्वदेशी तथा विदेशी प्रमुख पर्यटन बजारमा यस पालिकाको पर्यटन सेवाको व्यापक प्रचार प्रसार र प्रवद्र्घन गरिनेछ ।
–    सघं र प्रदेश सरकारको लगानी प्रोत्साहित गर्दै सार्वजनिक—निजी—सहकारी बीच साझेदारी अवधारणा अनुरुप आधुनिक पर्यटन पूर्वाधारको विकास, बजारीकरण र प्रर्वद्धन गरिनेछ ।
–    पर्यटकीय क्षेत्रको दिगो तथा प्रभावकारी व्यवस्थापनका लागि स्थानीय समुदायसँग सहकार्य गरिनेछ ।
२.३. उद्योग तथा बाणिज्य 
–    एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना गर्ने नेपाल सरकारको नीति अनुरुप गाउँपालिका भित्र औद्योगिक ग्राम स्थापना गर्न भौतिक पूर्वाधारको विकास गरी नेपाल सरकार, प्रदेश सरकार र पालिकाबाट साझेदारी गरिनेछ ।
–    आयआर्जन बृद्धिको लागि सीप विकास तालिमको अवसर जुटाई उद्यशीलता विकासमा जोड दिइनेछ ।
–     गाउँपालिका क्षेत्रभित्र लघुउद्योग, घरेलुउद्योग तथा सानाउद्योग स्थापनाका लागि प्रोत्साहित गरिनेछ ।
–    समय समयमा व्यापार, व्यवसाय मेला÷महोत्सव आयोजना गरी व्यापार व्यवसायको प्रवद्र्धन गर्ने कार्यको थालनी गरिनेछ ।
–    तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी उद्योगको विकास र विस्तारद्वारा वस्तु तथा सेवाको बजार विविधीकरण र विस्तार गरिनेछ ।
–    गाउँपालिकाको अर्थतन्त्रको विकासका लागि यस क्षेत्र भित्र भएका सबैखाले साधन स्रोतको संरक्षण र प्रवद्र्धन गरी स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योगमा गरिने लगानीलाई प्राथमिकता दिइनेछ ।
–    गाउँपालिका क्षेत्रभित्र संचालनमा रहेका व्यापार व्यवसाय र उद्योगको दर्ता तथा नियमन कार्य सहज बनाइनेछ ।
–    छिमेकी स्थानीय तहहरुसंग समन्वय गरी गाउँपालिकालाई तुलनात्मक रुपमा फाइदा पुग्ने उद्यम व्यवसायहरु साझेदारीमा संचालन गर्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहन गरिनेछ ।
–    उपलब्ध सिप, ज्ञान, प्रविधि र पूँजीलाई गाउँपालिकाको विकासमा  उपयोग गरिनेछ ।
–    कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण गर्ने जस्ता कार्यलाई पूर्णरुपमा अन्त्य गर्न पालिकाको अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गर्दै उपभोक्ताको हित संरक्षण गर्न अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
–    यस क्षेत्रभित्र परम्परागत रुपमा संचालित लघु तथा घरेलु उद्यमहरुको प्रवद्र्धन तथा स्तरोन्नति गरी गाउँपालिकाको र्आिर्थक विकासमा योगदान वढाइनेछ ।
२.४ सहकारी, गैरसरकारी तथा वित्तीय क्षेत्र
–     गाउँपालिकाभित्र रहेका सहकारी तथा वित्तीय संस्थासंग सहकार्य गरी उत्पादनमूलक कार्यक्रमको लागि लगानीमैत्री वातावरणको सिर्जना गरिनेछ ।
–    सहकारी तथा वित्तीय क्षेत्रको पूँजीलाई उद्यम विकास तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
–    गाउँपालिका अन्तर्गत गठन हुने टोल विकास संस्था, सामुदायिक संघ संस्था, सहकारी संस्था, क्लवको कार्यप्रणालीलाई प्रभावकारी बनाई गाउँपालिकाको समग्र विकास प्रकृयामा सहभागी गराइनेछ ।
–    सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै गाउँपालिकाको आर्थिक एवं सामाजिक विकासमा अधिकतम परिचालन गरिनेछ । आ.व.०७९।८० भित्र पालिकाका सबै सहकारीहरुलाई अनिवार्य रुपमा कोपोमिस(ऋइएइःक्ष्क्० मा आवद्ध गरिनेछ । सहकारी नियमन कार्यलाई प्रभावकारी बनाइनेछ ।
–    निष्कृय सहकारीलाई खारेज गर्ने प्रकृया अघि बढाइनेछ ।
–     सहकारी संस्थाहरुको माध्यमबाट परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै  आधुनिक प्रणालीको माध्यामबाट उत्पादनमा वृद्धि गरी कृषकहरुको जीवनस्तर उकासिनेछ ।
३. वन, वातावरण तथा विपद व्यवस्थापन नीति :
३.१. वन वातावरण तथा जलवायु परिवर्तन

–    “सफा—सुन्दर हरियालीयुक्त महाङ्काल” को अवधारणा अनुरुप यस क्षेत्रमा रहेका मुख्य मार्ग जोखिमयुक्त क्षेत्र, भिरालो जमीन र सडकको दायाँ वायाँ बृक्षारोपण गरी हरियालीयुक्त महाङ्कालको विकास गरिने छ ।
–    जलवायु परिवर्तनबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न सरोकारवाला निकाय, गैर सरकारी संस्था तथा विकास साझेदारसंग समन्वय र सहकार्य गरी स्थानीय जलवायु परिवर्तन अनुकूलन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
–    बालमैत्री, अपांंगमैत्री, वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिइनेछ । हरित पालिकाको अवधारणा अनुरुप पार्क निर्माण, विकास र प्रवद्र्धनमा जोड दिइनेछ ।
–    सरकारी तथा गैरसरकारी संघ संस्थासंग सहयोग तथा समन्वयमा वन, वाताबरण, भू–संरक्षण तथा जलवायू परिवर्तन सम्वन्धमा जनचेतनामूलक तथा संरक्षणमुखी विविध कार्यक्रम संचालन गरिनेछ ।
३.२ विपद व्यवस्थापन तथा भू–संरक्षण 
–     विपद व्यवस्थापनका लागि संघीय सरकार, प्रदेश सरकार र सरोकारवाला संघसंस्था संग समन्वय र सहकार्य गरिनेछ ।
–    पालिकास्तरीय विपद व्यवस्थापन कोषका लागि आवश्यक रकमको व्यवस्था गरिएको छ । यस कोषको अभिबृद्धिको लागि अन्य निकाय तथा गैर सरकारी संघ सस्था एवं शुभेच्छुकबाट साझेदारीता अभिबृद्धि गरिने छ ।
–    विपद तथा प्रकोपबाट गाउँपालिकावासीको सुरक्षाको लागि प्रकोपको पूर्व सूचना प्रणाली स्थापना गरिनेछ । विपदको पूर्व तयारी, राहत, उद्धारका लागि प्रतिकार्य योजना तयार गरी पुनर्लाभका कार्यक्रमहरु संचालन गरिने छ ।
–    विपद जोखिम क्षेत्रको पहिचान र नक्साङ्न तथा वहु प्रकोप जोखिम विश्लेषण गरी पाश्र्वचित्र तयार गरी पालिका तथा समुदायस्तरमा विपद तथा जलवायु उत्थानशील योजना निर्माण गरिनेछ ।
–    पूर्वाधार निर्माणमा विपद जोखिम न्यूनीकरणलाई समावेश गरी कार्यान्वयन गरिनेछ ।
–    खोज तथा उद्धार, अग्नि नियन्त्रण, प्राथमिक उपचार र मनोसामाजिक परामर्श दिन सक्ने दक्ष जनशक्ति तयार गरिनेछ ।
–    विकास निर्माणका कार्यहरुमा गुणस्तरीय सामाग्रीको प्रयोग, भवनसंहिताको पालना,  वातावरणीय अध्ययन भए नभएको अनुगमन गरिनेछ ।
३.३ फोहोरमैला ब्यवस्थापन 
–    फोहरमैला व्यवस्थापनमा राष्ट्रिय रणनीति, २०७९ अनुसार तहगत सरकारहरु र निजी क्षेत्रको सहभागीतामा फोहरमैला व्यवस्थापन गरिनेछ । स्थानीय फोहरमैला व्यवस्थापन सम्बन्धी नीति निर्माण गरिनेछ ।
–    फोहरमैलालाई स्रोतमै न्यूनीकरण गर्न कुहिने र नकुहिने फोहरलाई छुट्ट्याई फोहरमैला व्यवस्थापन गरिनेछ ।
–    महामारी, भूकम्प, वाढीपहिरो, हुरीवतास, चट्याङ, विद्युत सर्ट, आगलागी तथा डढेलो, जंगली जनावारबाट हुने क्षति जस्ता विपद सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
४ पूर्वाधार विकास
४.१ सडक, पुल तथा यातायात व्यवस्था

–    चालु आ.व. २०७९।८० मा गाउँपालिकाको गाउँ यातायात गुरुयोजना निर्माण गरिनेछ । गाउँ यातायात गुरुयोजना र नेपाल सरकारको नीति अनुरुप गाउँपालिका भित्र रहेका सडकलाई  “क”, “ख”, “ग” र “घ” बर्गमा विभाजन गरी शाखा सडकहरु ६ देखि १४ मिटर र साँघुरा सडक कम्तीमा ४ मिटर चौडा गरिने कार्यको थालनी गरिनेछ ।
–    भौतिक पूर्वाधारहरु निर्माण गर्दा वालवालिका, महिला, अपांग र वातावरणमैत्री संरचनामा विशेष जोड दिइनेछ ।
–    सडक क्षेत्रको विकासमा सार्थक जनसहभागिता सहित योजनाहरु संचालन गरिनेछ ।
–    एकीकृत नमूना बस्तीको विकासको सम्भाव्यता अध्यय गरिनेछ ।
–      पालिकाभित्र सवारी साधन, यातायात व्यवस्थापनलाई व्यवस्थित बनाईनेछ ।
४.२. सिंचाई 
–  खेतीयोग्य जमीनमा सिंचाइको प्रवन्ध गरिनेछ ।
४.३ भवन तथा सहरी विकास
–    दिगो, नतिजामूलक र दीर्घकालीन भौतिक विकासका लागि गाउँ विकास गुरुयोजना ९ःबकतभच एबिल० तयार गरी आवधिक योजना बमोजिम विभिन्न क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
-विकास निर्माणमा प्रयोग हुने निर्माण सामाग्री र कच्चा पदार्थको गाउँ पालिकास्तरीय मापदण्ड तोकी पूर्वाधार विकासको गुणस्तर कायम गरिनेछ ।
–    सडक लगायत विभिन्न भौतिक संरचनाहरुको निर्माण तथा मर्मत संभारको लागि मर्मत संभार कोषको व्यवस्था गरिने छ ।
–    गाउँपालिका भित्र संचालन हुने सबै आयोजना र कार्यक्रमहरु संचालन गर्दा स्थानीय आवश्यकता, प्राथमिकता एवं लाभान्वित नागरिकको मागअनुरुप पूर्वाधार विकास हुने गरी संचालन गरिनेछ ।
–     पाँच लाख भन्दा माथिका आयोजनाहरु संचालन गर्दा अनिवार्य रुपमा आयोजना स्थलमा योजना सम्बन्धी जानकारीमूलक सूचना पाटी राख्न लगाइनेछ । आयोजनाको शुरु, निर्माण चरण र निर्माण पछिको अवस्था स्पष्ट झल्कने तस्वीर र योजनको लाभग्राही समूहको उपस्थितिमा योजना सार्वजनिक परीक्षण ९एगदष्अि ब्गमष्त ० लाई अनिवार्य गराई योजनाको भुक्तानी दिने व्यवस्था मिलाइनेछ ।
–    सार्वजनिक, सरकारी, गुठी, सामुदायिक र ऐलानी पर्ति जग्गाको अभिलेख राखी जग्गाको संरक्षण गरिनेछ ।
–    प्रत्येक वर्ष पूर्वाधार निर्माण कार्यमा उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने र खराब आचरण भएका उपभोक्ता समितिलाई दण्ड सजाय गर्ने नीति लिई  विकास निर्माणमा सुशासन कायम गरिनेछ ।
–    गाउँपालिकाभित्र रहेका खानेपानी तथा सिंचाई मुहान संरक्षण गर्ने, सडकका दायाँ वायाँ वृक्षारोपण गरी सडकलाई हरित सडकको रुपमा विकास गरी गाउँपालिकालाई रमणीय तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
–    एकीकृत विकास योजना, आवासीय योजना, भू—उपयोग योजना तर्जुमा गरी लागू गरिने छ ।
–    भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मीहरुलाई अनिवार्य तालिमको व्यवस्था गरिनेछ ।
–    सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितात्मक विकास मार्फत गाउँपालिकाको अर्थतन्त्र सुदृढीकरण गरिनेछ ।
४.४. व्यवस्थित वस्ती विकास 
–    समुदायको अग्रसरतामा गरिने बस्ती विकासलाई प्रोत्साहित गरिनुको साथै प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिनेछ । व्यवस्थित बस्ती विकासका लागि छुट्टै गुरु योजना बनाई लागु गरिनेछ ।
–    भूउपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ अनुसार भूमिलाई वर्गीकरण गरी आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, सिमसार क्षेत्र तोकी भूउपयोग गर्ने नीति लिइनेछ ।
–    कालेश्वर, वैतरणीधाम, महाङ्कालस्थान, मन्दिर, गुम्बा, चर्च झरना लगाएतका विभिन्न धार्मिक, सास्कृतिक, पुरातात्विक, प्राकृतिक तथा ऐतिहासिक महत्वका स्थान र सम्पदाहरुको खोज, संरक्षण, प्रवद्र्धन, प्रचारप्रचार गरिनेछ । वैतरणीधाम मन्दिरमा पूजापाठ तथा संरक्षण गर्न आवश्यक जनशक्तिको प्रवन्ध गरिनेछ ।
–    नेपाल सरकार र प्रदेश सरकारसँगको सहयोग तथा साझेदारीमा सुरक्षित नागरिक आवास कार्यक्रम संचालन गरिनेछ ।
४.५. संचार 
–    इन्टरनेटको माध्यमबाट वडा कार्यालयबाट प्रदान गरिने सेवालाई गाउँपालिकाको सूचना प्रणलीसँग आवद्ध गरी विद्युतीय अनुगमनको शुरुवात गरिनेछ । अनलाइन मार्फत सेवा प्रवाह गर्दै सूचना प्रवाहलाई प्रभावकारी बनाइनेछ ।
–    गाउँपालिका भित्र गाउँ पत्रकार संजाल निर्माण गर्न सहयोग गर्दै पत्रकारिता प्रशिक्षणको लागि तालिमको व्यवस्था गरिनेछ ।
–    दूरसञ्चार सेवा प्रदायक संस्थाहरुसंग समन्वय गरी सबै वडा, गाउँबस्ती टोलहरुमा टेलिफोन, मोवाइल, इन्टरनेट सेवाको उपलब्धता बढाउन पहल गरिनेछ ।
–    गाउँ कार्यपालिका अन्र्तगतका शाखाहरुको सेवा प्रवाह छिटो, छरितो र गुणस्तरीय बनाउन क्यातधबचभ प्रणालीसँग आवद्ध गरिनेछ ।
–    गाउँपालिकाले प्रयोग गर्दैआएको विभिन्न कम्पनीहरुको सर्भरमा रहेका क्यातधबचभ हरुलाई गाउँपालिकाको आफ्नै सर्भर स्थापना गरी एकिकृत तथ्याङ्कको व्यवस्था मिलाइने छ ।
४.६ विधुत तथा वैकल्पिक उर्जा 
–    पालिकाको सुन्दरता र सुरक्षा व्यवस्थालाई सुदृढ गर्न सरकारी तथा अन्य सहयोगी निकायको सहयोगमा प्रमुख सडक तथा चोकहरुमा बत्तीको व्यवस्था गरिनेछ ।
–    गाउँपालिका क्षेत्रभित्रका अव्यवस्थित विद्युतिकरणलाई व्यवस्थित गर्दै विद्युत नपुगेका सबै टोलबस्तीहरुमा राष्ट्रिय विद्युत ग्रीडसँग जोडिनेछ ।
–    एक घर एक सुधारिएको चुलो लाई अगाडि बढाइनेछ ।
सार्वजनिक सेवा प्रवाह
–    कार्य प्रकृति, कार्यबोझ र औचित्यको आधारमा आवश्यक पर्ने जनशक्ति आँकलन सम्वन्धमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी संगठन तथा व्यवस्थापन परीक्षण९इ बलम ः० गराई कर्मचारिहरुको संख्यालाई उचित आकारमा (च्ष्नजत कष्शष्लन० राखिनेछ ।
–    स्वीकृत दरवन्दिभित्रका रिक्त पदहरुमा पदपूर्तिको व्यवस्था मिलाइनेछ ।
–    अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्य सम्पादन सम्झौता गरिनेछ ।
–    गाउँपालिका र प्रत्येक वडामा नागरिक सहायता कक्ष स्थापना गरिनेछ ।
–    सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन एकीकृत घुम्ती सेवा सञ्चालन गरिनेछ ।
–    कर्मचारीलाई दश दिन पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । गाउँपालिका मातहतमा कार्यरत कर्मचारीहरुको मनोबललाई उच्च राख्न र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन आवश्यक पुरस्कार तथा सम्मानको व्यवस्था मिलाइनेछ ।
–    कार्यालयबाट नागरिकलाई उपलब्ध गराइने सेवा सुविधाको विस्तृत विवरण समावेश भएको नागरिक वडापत्र समायानूकल अद्यावधिक गरी लागु गरिनेछ । नागरिक वडापत्रलाई मोवाइल एप्समार्फत हेर्न सकिने प्रविधिको विकास गरिनेछ ।
–    निर्वाचित पदाधिकारी तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका कार्यक्रम संचालनलाई निरन्तरता दिईनेछ ।
–    कार्यालयको प्रशासनिक तथा भौतिक अवस्थालाई सुदृढ गर्दै लगिनेछ ।
–     वडा कार्यालयहरुको सुदृढीकरण गरी सेवा प्रवाहलाई सुदृढ गर्दै लगिनेछ ।
–     गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुको आचारसंहिता अद्यावधिक गरी लागु गरिनेछ । सवै वडा सदस्यहरुलाई विकास निर्माणमा सक्रिय र सार्थक सहभागिता गराइनेछ ।
–    सेवाप्रवाहलाई प्रभावकारी बनाउन टोकन प्रणाली मार्फत पहिलो प्रवेश पहिलो सेवा प्रणाली ९ँष्चकत अयmभ(ँष्चकत  कभचखष्अभ० अबलम्बन गरिनेछ ।
–    पालिका अन्तर्गतका सबै कार्यालयहरु सेवाग्राही मैत्री बनाइनेछ ।
–    गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई कार्यप्रकृति, कार्यबोझ र औचित्यताका आधारमा मासिक एकमुष्ट प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ । संघ र प्रदेश सरकारले गरेबमोजिमको तलब वृद्धिको प्रतिशतलाई अनुमोदन गरिनेछ ।
–    पदाधिकारी एवं कर्मचारीको ज्ञान, सीप र क्षमता अभिबृद्धिका तालिम तथा असल अभ्यासहरुको अवलोकन भ्रमणको ब्यवस्था गरिनेछ ।
–    अन्तर स्थानीय तहको सम्वन्धको विकास गर्दै देश, विदेशका उत्कृष्ट गाउँ नगरसँग  भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको थालनी गरिनेछ ।
-व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित पारदर्शी तथा जवाफदेही बनाउन विभिन्न वस्ती÷टोलहरुमा दर्ता शिविर, अभिमुखीकरण तथा गुनासो सुनुवाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
६. वित्तीय व्यवस्थापन
–    राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाई राजस्व वृद्धिका लागि आगामी छ महिनाभित्र राजस्व सुधार कार्य योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
–    आन्तरिक स्रोतको पहिचान गरी राजस्वको दायराभित्र ल्याइनेछ । कर शिक्षा, कर सहभागिता, कर फर्छाैट कार्यलाई अभियानको रुपमा संचालन गरिनेछ ।
–    राजस्व संकलनको प्रक्रियामा कम्प्युटर प्रविधिको उच्चतम प्रयोग गरी राजस्व संकलनर्मा पारदर्शिता र प्रभावकारीता कायम गरिनेछ ।
–    उत्कृष्ट करदाताहरुलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिइनेछ ।
–    गाउँपालिकामा सञ्चालित विकास निर्माण लगायत सबै कार्यक्रमको नियमित अनुगम, प्रगति समिक्षा, समन्वयात्मक बैठक, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण मार्फत सुशासन अभिबृद्धिमा जोड दिइनेछ ।

७. बजेट निर्माण तथा कार्यान्वयन 
प्रत्येक वडामा भूगोल, मानव विकास सुचकांक, विकासको आवश्यकता, लागत र जनसंख्याको आधारमा कार्यक्रम तथा बजेट विनियोजन गरिनेछ ।
–    गाउँबासीहरुका असीमित आवश्कता र मागलाई पूरा गर्न वडा कार्यालयहरुबाट पेश भएका योजनाहरुलाई एकिकृत गरी आयोजना बैंकको रुपमा राखिने र योजनाहरुको लागि लाग्ने थप रकम निकासाको लागि प्रदेश तथा संघीय सरकारमा माग गरिनेछ ।
अन्तमा, प्रस्तुत नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट यस पालिकाको सन्तुलित र दिगो विकास तथा सम्वृद्धि हासिल भई नागरिकहरुको जीवनस्तर उकास्न सहयोग मिल्नेछ भन्ने अपेक्षा गरिएकोछ । यस नीति, कार्यक्रम तथा बजेटको निर्माणमा प्रत्यक्ष र परोक्षरुपमा अमूल्य सुझाव एवं सहयोग पु¥याउनु हुने वडाध्यक्ष एवं सदस्यज्यूहरु, सबै राजनीतिक दल, विषयगत समितिहरु, विषयगत शाखाहरु, सुरक्षा निकाय एवं सरकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, उद्योगी, व्यवसायी, नागरिक समाज, आम पालिकावासी तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्दै यो नीति कार्यक्रम तथा बजेटको सफल कार्यान्वयनमा सबैको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद

डोल्मा मायाँ गोले
उपाध्यक्ष
महाङ्काल गाउँपालिका

२०७९ असार १० गते शुक्रबार

कमेन्ट गर्नुहोस्