सम्पूर्ण क्रान्तिकारी सगंठनको अभिभावकत्व गर्न तयार छौं : सापकोटा

काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का उपाध्यक्ष छितिज सापकोटाले सम्पूर्ण क्रान्तिकारी संगठनको अभिभाकत्व लिन आफुहरु तयार भएको बताएका छन । नेकपा बहुमत निकट क्रान्तिकारी विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै उनले तेस्तो बताएका हुन् ।

“वेज्ञानिक शिक्षा प्राप्तिकालागि जुझारु संगठन र संर्घषको दिशामा अघि बढौं” भन्ने नाराकासाथ विप्लव नेकपाबाट छुट्टिएको नेकपा बहुमत पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले विशेष भेला आयोजना गरेको थियो । खुला सत्रमा आमन्त्रित संगठनको तर्फबाट बोल्दै सापकोटाले सबै क्रान्तिकारीहरु एक हुनुपर्ने बताए । त्यसकालागि आफुहरुले अभिभाकत्व लिएर अघि बढ्न तयार रहेको बताए ।

भेला मिलन राइ संयोजक रहेको उक्त भेलाको खुल्ला सत्र आज (असार १३) गते सम्पन्न भएको छ । भने बन्द सत्र १४ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ ।

भेलाको प्रमुख अतिथि धर्मेन्द्र बास्तोला रहेका थिए । विप्लवले मुखमा क्रान्ति भन्ने तर सम्पति थुपार्ने प्रवृति बोकेको कारण नयाँ पार्टी बनाउन आफुहरु बाध्य बनेको वास्तोलाले बताए ।

कमेन्ट गर्नुहोस्