चरा ठोक्किएपछि यूपीका मुख्यमन्त्री योगी सवार हेलिकप्टर आकस्मिक अवतरण

बनारस । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ चढेको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

आज बनारस जाने क्रममा आकासमा उनी सवार हेलिकप्टरसँग एउटा चरा ठोक्किएपनि विमानलाई आकस्मिक अवतरण गराइएको थियो ।

भारतीय मिडियाहरुले जनाए अनुसार, १५ हजार ५ सय फीटको उचाईमा रहेको बेला दुर्घटना भएको थियो । बनारसबाट लखनउ जान सर्किट हाउसबाट हेलिकप्टमा चढेका सिएम योगीको हेलिकप्टर उडान भरेको १० मिनेटमा नै सोही स्थानमा पुनः अवतरण गरेको थियो । अचानक हेलिकप्टर अवतरण भएपछि अचम्ममा परेका सुरक्षाकर्मीहरुले हेलिकप्टरमा चरा ठोक्किएका कारण योगी फर्केको थाहा पाएका थिए ।

हेलिकप्टरमा चरा ठोक्किएपनि कुनै मानवीय क्षति भने हुन पाएन ।

कमेन्ट गर्नुहोस्