कांग्रेस उपसभापति गुरूङ सवार गाडी दुर्घटना

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ। रामेछापमा गोगनेमा आज बिहीबार बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो।

ओखलढुंगा गएका उपसभापति गुरूङसहितको टोली काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन्। गाडी सडकको ट्याक छाडेर छेउतर्फ गएको थियो। ढुंगाको ओट लागेर गाडी रोकिएको उपसभापति गुरूङले बताए।

 

कमेन्ट गर्नुहोस्