पर्यटन विश्वविद्यालय स्थापनाका लागि छलफल चलाएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्यटन विश्वविद्यालय स्थापनाको मागलाई आफुले गम्भिरतापूर्वक लिएको बताएका छन् । नेपाल पर्वत आरोहण संघले नुवाकोटको ककनीमा आयोजित कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले पर्वत आरोहण संघको योजनालाई साथ रहने बताए ।

उनले शिक्षा र पर्यटन मन्त्रालयका छलफलमा पर्यटन विकासमा र पर्यटन विश्वविद्यालय स्थापनाका लागि छलफल चलाएको बताए । त्यसका लागि आफ्नो ठाउँबाट पहल गर्ने बताए ।

प्रचण्डले कार्यक्रममा ककनीमा प्रकाश दाहाल(साकार)को सालिक अनावरण गरेका थिए । उनले प्रकाश दाहाल(साकार)को सालिक निर्माण गर्ने सन्दर्भमा यसको सन्देश नराम्रो नजाओस भनेको स्मरण गरे । पर्वत आरोहण संघले कसैको परिवारको सम्मान भन्दा पनि ८,००० भन्दा माथिका हिमाल आरोहण गर्नेहरुको सबैको सम्ममान गर्ने गरि कार्यक्रम गरिएको भनेपछि आफु सहमत भएको बताए । उनले कार्यक्रमा १० पटक सगरमाथा आरोहण गरेका आङदावा शेर्पा र सफल महिला पत्रकार आरोहिले पर्वत आरोहण मार्फत पर्यटन विकासमा योगदान पुर्याएको बताए ।

ककनीको विकासका लागि आफुले अर्थमन्त्री वर्षमान पुन र उर्जामन्त्री पोष्ट बहादुर बोगटी हुँदा बजेट विनियोजन गरेको बताए । फेरि पनि ककनीको विकासमा पहल गर्ने बताए ।

पर्वत आरोहीलाई सम्मान गर्ने र उनका परिवार सहयोग पुर्याउने गरि भुमिका खेल्न पर्वत आरोही संघलाई आग्रह गरे । अध्यक्ष प्रचण्डले देशको समग्र विकासको योजना र भिजन अनुसार काम गर्न लिडरसिपको भुमिका महत्वपूर्ण हुने भन्दै त्यहि अनुरुप माओवादीलाई जनताले साथ र सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे ।

 

कमेन्ट गर्नुहोस्