काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ स्थित नेपालटारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र संचालक गायत्री थापाले संयुक्त रुपमा गरे ।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।