फुटपाथमा मकै बेच्नेमाथि बालेनको डण्डा (भिडियो सहित)

काठमाडौं । काठमाडौंका फुटपाथमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गर्दै ज्याजती गरेको छ। काठमाडौं महानगरमा मेयरको रुपमा वालेन शाह आइसकेपछि परिर्वतनको अपेक्षा गरेका मजदुर वर्गमाथि नै वालेको डण्डा वर्षा भएको हो ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।

निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।

फुटपातमा व्यापार व्यावसाय गर्नेहरुले आफ्नो रोजिरोटीको निम्ति गरेको दुःखलाई महानगरले नबुझेको बताएका छन् ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्