अखिल क्रान्तिकारीकाे असन्तुष्ट पक्षद्वारा भाेली राष्ट्रिय भेला गर्ने घाेषणा

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे असन्तुष्ट पक्षले समानान्तर संगठन निर्माणकाे अभ्यास सुरु गरेकाे छ ।

यसअघि सम्पन्न केन्द्रीय समिति बैठकमा असन्तुष्ट रहेकाे पक्षले भाेली विशेष राष्ट्रिय भेला बाेलाएकाे हाे ।

अखिल क्रान्तिकारीकाे पुनर्गठनकाे नारा दिएकाे उक्त समूहले भेलामार्फत समानान्तर समिति गठन गर्ने बुझिएकाे छ । असन्तुष्ट पक्षले विधान र पद्धति मिचेर पदाधिकारि र केन्द्रीय सदस्यकाे जिम्मेवारी बाँडफाँड गरेकाे आराेप लगाउँदै आएकाे छ ।

संस्थापन पक्षले भने संगठनमा अराजकता फैलाउनेहरुविरुद्ध अनुशासनकाे कार्वाही गर्ने बताएकाे छ ।

कमेन्ट गर्नुहोस्