काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले इन्जिनियरिङ क्षेत्रलाई समृद्धिको डिस्कोर्समा सहभागी हुन आग्रह गरेकी छन । अखिल क्रान्तिकारी इन्जिनियरङ क्याम्पस पुल्चोकद्वारा आयोजित राजनीतिक प्रशिक्षग कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएकी हुन् ।
अध्यक्ष सिंहले स्थानीय तहको चुनावमा माओवादीले प्राप्त गरेको मतलाई सम्रक्षण गर्दै संघ र प्रदेशको चुनावमा परिचालित हुन समेत आग्रह गरिन् । कार्यक्रममा क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष द्वय जीपी मैनाली र तुकमान महरासहित सचिव द्वय प्रसुन कार्की र इ. नारायन बडालले पनि प्रशिक्षण दिएको स्ववियू सभापति रोशन थापाले जनाकारी दिए।