निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्।

गठबन्धनका शीर्ष नेतासहित शनिबार निजगढ क्षेत्रको निरीक्षणमा बारा पुगेका प्रधानमन्त्री देउवाले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताए। यसका लागि विज्ञसँग छलफल भइरहेको उनको भनाइ थियो।

दुई वटा रनवे सहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले भने, “कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं।”

सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सरकारका निर्णय खारेजको छ। अहिलेसम्म भएका निर्णय विधिसम्मत नभएको सर्वोच्चको ठहर छ।

प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता बारा पुगेका छन्। उनीहरूले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्ने भएका छन्।

कमेन्ट गर्नुहोस्