निजगढ विमानस्थल बन्छ,सर्वोचको आदेशले निर्माणमा रोक लगाएको छैन : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोचको आदेशमा विमानस्थल निर्माण गर्न रोक नलगाएको बताएका छन् । उनले सर्वोच्चको फैसला विमानस्थल निर्माण अवरुद्ध गर्ने खालको नभएको भन्दै निजगढ विमानस्थल बन्ने बताएका हुन् ।

“सर्वोच्च अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन। विमानस्थल बन्छ,” अध्यक्ष प्रचण्डले भने, “निजगढ विमानस्थल राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो।”

तेस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउनुपर्नेमा बताए। सर्वोच्च अदालतको फैसलाले विमानस्थल बनाउने बाटो खोलेको बताउँदै नेपालले भने, “प्राकृतिक स्रोत साधनको कम क्षति सहित निजगढमा विमानस्थल बनाउनुपर्छ।”

प्रधानमन्त्री देउवा , माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधव नेपाल बारा पुगेका छन्। उनीहरूले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्ने भएका छन्।

कमेन्ट गर्नुहोस्