एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय लगत्तै अमेरिकामा के गर्दै छन् प्रधानसेनापति ?

वासिङ्टन । नेपालका प्रधानसेनापति प्रभुराम शर्माप्रभुराम शर्मा असार १३ देखि अमेरिका भ्रमणमा छन् । उनले अमेरिकामा उच्च त्यहाँका अधिकारीहरूसँग भेटघाट गरेका छन् । भेटमा दुई देशबीचको गहिरो सैनिक सम्बन्धलाई थप अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।

आफ्नो औपचारिक अमेरिका भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी जोइन्ट चिफ अफ स्टाफका भाइस चेअरमेन एडमिरल क्रिस्टोफर डब्ल्यू ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग बिहिवार भेटवार्ता गरेका थिए।

ती भेटवार्ताबामा सेनाहरूबीचको लामो समयदेखिको सम्बन्ध तथा नेपाल र अमेरिकाले दुई देशका सैनिकको तह, मानवीय सहयोग तथा विपद् प्रतिकार्य र राष्ट्रसङ्घीय शान्ति कार्य जस्ता क्षेत्रमा मिलेर काम गर्नसक्ने उपायका बारेमा केन्द्रित छलफल भएको काठमाण्डूस्थित अमेरिकी दूतावासका अधिकारीहरुले जनाएका छन् । शर्मा प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक अमेरिका भ्रमणमा निस्केका हुन् ।

नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक हितका विषयहरूमा छलफल तथा विचार विमर्श भएको नेपाली सेनाले जनाएको छ ।

अमेरिकामा प्रधानसेनापति दिन

प्रधानसेनापतिले बिहीवार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा उच्च रक्षा र सैनिक अधिकारीहरूसँग भेट गरेको नेपाली सेनाले जनाएको छ।

यसअघि उनले मङ्गलवार पेन्सलभेनियामा रहेको अमेरिकी सेनाको वार कलेजको भ्रमण गरेका थिए।

उनले बुधवार न्याश्नल डिफेन्स युनिभर्सिटीको भ्रमण गरेका थिए भने विभिन्न सैनिक निकायका प्रमुखहरूसँग भेटवार्ता गरेका थिए।

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले प्रधानसेनापतिको सम्मानमा आयोजना गरेको कार्यक्रममा अमेरिकी सरकार र विभिन्न राजदूतावासका प्रतिनिधि सहभागी भएको वाशिङ्टन डीसीस्थित नेपाली राजदूतावासले यसै हप्ता जनाएको थियो।

प्रधानसेनापतिले अमेरिकी वार कलेजको पनि भ्रमण गरेका छन्

वाशिङ्टन डीसीबाट बिहीवार नै न्यूयोर्क पुगेका शर्माले त्यहाँ राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकाय सहितका उच्च अधिकारीहरूसँग भेटवार्ता गरे ।


अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा निस्किएका हुन्।

कमेन्ट गर्नुहोस्