गोरखा । गोरखाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
आरुघाट गाँउपालिका वडा नं. ४ थुमीका २० वर्षीय प्रेम बरामको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो साँझ रसुवा जिल्लको नौकुण्ठ गाँउपालिका वडा नं. ५ मा वाइफाइको तार बिछ्याउने क्रममा बरामलाई करेन्ट लागेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि त्रिशुली जिल्ला अस्पताल पुर्याएको थियो । उपचारको क्रममा आज बिहान १ बजे अस्पतालले उनलाई मृत घोषणा गरि दिएको परिवार स्रोतले जानकारी दिएको छ ।