भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् ।

मेयर दाहालले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्म अनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् ।

‘पहिचानको अधिकारका लागि लडेर आएका हौ,उनले भनिन् ,‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाँउमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’

मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व सम्हाली रहनु भएको बताइन् ।

‘उपराष्ट्रपति नन्द बहादुर पुन तपाईकै समुदायबाट हुनुहुन्छ, उनले भनिन् ,‘ओनसरी घर्ती सभामुख हुनुभयो, उप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाईले ल्याएको परिवर्तन हो ।’

मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

यसैबीच मेयर दाहालले भरतपुर १ मा रहेको नेपाल मगर संघ चितवन शाखाको सभाहलको उद्घाटन गरिन्। हल निर्माणका लागि महानगरले पाँच लाख साठी हजार सहयोग प्रदान गरेको थियो ।

सो अवसरमा मेयर दाहालले मगर संघको कार्यालयको थप स्तरोन्नतीका लागि महानगरपालिकाले बजेट विनियोजन गर्ने पनि प्रतिवद्धता गरिन् ।

कमेन्ट गर्नुहोस्