लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज आइतबार बस्न लागेको छ ।

बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भातृसंगठन निर्माण लगायतका एजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो । पार्टी विधान बारे जारी छलफलमा आइतबारको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

यस्तै, बैठकमा आगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भीर छलफल बताइएको छ ।

कमेन्ट गर्नुहोस्