‘होम ट्युसन’पढाउँने प्रा.विका प्रधानाध्यपक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ‘होम ट्युसन’ पढाउने एक शिक्षकलाई पक्राउ गरेको छ। ट्युसन पढाउने क्रममा एक बालिकालाई अनैतिक गतिविधि गरेको आरोपमा ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनायो।

पक्राउ पर्ने शिक्षक वीरगंजमा सञ्चालित एक सरकारी प्रा.विका प्रधानाध्यपक रहेका छन्। गत शुक्रवार साँझ होम ट्युसन पढाउने क्रममा ७ वर्षीया बालिकासँग घरमा कोही नभएको मौका छोपी अनैतिक गतिविधि गरेको प्रहरीमा परिवारजनले उजुरी गरेका थिए। घटनाको विषयमा थप छानविन भइरहेको पर्सा प्रहरीले जनाएको छ ।।

कमेन्ट गर्नुहोस्