बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो ( भिडियो सहित)

पटना । भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको हो।

भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको भारतीय संचार माध्यामहरुले जनाएका छन् ।

रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलसकेको छैन।

कमेन्ट गर्नुहोस्