काठमाडौं । काठमाडौं बुद्धनगर वानेश्वरमा रहेको केएमसी बोर्डिङ स्कुलको क्यान्टिनमा काम गर्ने युवती क्यान्टिनमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । काभ्रे घर भएकी युवतीको रहस्यमय मृत्य भएको भन्दै मृतकका आफन्तजन र स्थानीय स्कुल वरिपरि भेला भएका छन् ।
शनिबार साँझ ७ देखि ८ बजेको बिचमा घटना घटेको हुनसक्ने केएमसीमा कार्यरत एक कर्मचारीले बताए । २१ वर्षिय उनी केहि समय अघि देखि उक्त क्यान्टिनमा काम गर्दै आएकी थिइन् । मृतकका आफन्तले घटना रहस्यमय भएको भन्दै छानविनको माग गरेका छन् ।
त्यसैगरी अखिल(क्रान्तिकारी)काठमाडौं महानगरका अध्यक्ष निरोज श्रेष्ठले यस पहिले पनि केएमसी कलेज बागबजारको लापरबाहीले कक्षा १२ मा पढ्ने विद्यार्थी शुसिल सहनीको मृत्यु भएको बताए । उनले आफुहरुले महानगरका स्कुल कजेल भित्र हुने लापरबाही विरुद्ध आवाज उठाउँदै आएको भन्दै क्यान्टिनमा काम गर्ने युवतीको मृत्यको निपक्ष छानबिन हुनुपर्ने बताए ।